Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बाजुराबाट प्रतिनिधिसभामा एमालेलाई हराउदै कांग्रेसका पाण्डे निर्वाचित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १८, बाजुरा | प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।  पाण्डेले एमालेका थापालाई पाँच हजार चार सय ३७ मतले पराजित गर्नुभएको हो ।

राष्ट्रियसभाका पूर्व सांसद पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक  निर्वाचन जित्नु भएको हो । उहाँ विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो ।

जिल्लाका कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७  मत खसेको थियो ।