2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

पंकजलाई छुटाउन नेहाका ससुराले अदालतमा हाले मुद्दा

पुस १, काठमाडौँ | दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चाैधरीलाई छुटाउन अदालत पुगेका छन् । रामप्रवेशले बिहीबार उच्च अदालत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज पक्राउ परेका हुन् ।


पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नेहाले भने श्रीमान् पंकज, ससुरा रामप्रवेश र सासुसहित उनका परिवारका ६ जनामाथि घरेलु हिंसा र दाइजो विरुद्धको मुद्दा दर्ता गराएकी हुन् । पंकज पक्राउ परे पनि ससुरा, सासू सहित अन्य सबै फरार छन् । तर फरार रहेकै अवस्थामा रामप्रवेशले छोरालाई छुटाउन अदालत पुगेर बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराए ।नेहा भने ससुरा, सासुसहित दाइजोको निहुँमा यातना दिने सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै दुई दिनदेखि आन्दोलनरत थिइन् ।

आन्दोलनका क्रममा सवारी साधन तोडफोड गरेको आरोपमा नेहा र उनकी सहयोगी कुमारी आमा निहारिकालाई पनि प्रहरीले बिहीबार नियन्त्रणमा लियो । अहिले उनीहरू पनि प्रहरी हिरासतमै छन् । औरही नगरपालिका १ की नेहा र रामगोपालपुर ५ का डा. पंकजबीच गत फागुनमा विवाह भएको थियो । नेहाका परिवारले दाइजोमा ५१ लाख नगद र सुनचाँदी गरी करोडौँ दाइजो दिएको थियो । तर दाइजो कम भएको भनेर नेहालाई यातना दिएपछि यो घटना उग्र रूप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन