Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
भक्तपुर - BKT

चुनौतीको सामना गर्दै सरकार अघि बढ्छः मन्त्री केसी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १, भक्तपुर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारका अगाडि चुनौतीको पहाड रहेपनि सामना गर्दै अगाडि बढ्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस भक्तपुर नगर समितिको कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विसं २०७४ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने, मधेसी मोर्चालगायत असन्तुष्ट पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने र यसअघिको सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने चुनौती छ, त्यसका निकै अप्ठ्याराहरु रहेका छन् ।” 

आवश्यकताअनुसार संशोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले संविधान कार्यान्वयनको पाटोलाई मजबुद बनाउँदै जनताको पक्षमा सरकार उभिनुपर्नेमा जोड दिनुभयो । रासस