पुस २६, काठमाडौँ । आज लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । आज नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले लुम्बिनी सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ ।

प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर त्यसको एक दिन अगाडि नै गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।

सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३/३ जना सांसद छन् ।

यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन् ।

Related News