Skip to content
Friday, July 17, 2026 Nepali Online Media

असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन फोरम अध्यक्ष उपेन्द्रको आग्रह

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/853215c77423bdac9d45bebd5a1fcc2f1474201706.jpg" style="float: left;">पूर्णप्रसाद न्यौपाने । असोज २, ओखलढुंगा | संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरेका छन् ।&nbsp;<br></p><p>आज ओखलढुंगा आईपुगेका नेता यादवले प्रतिगामी संविधानले आम नेपालीको हित नगर्ने भएकाले आफ्नो पार्टीले भोली देशैभर कालो झण्डा राखेर विरोध गर्ने जानकारी दिँदै सबैलाई असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरे । अध्यक्ष यादवले संविधान संसोधन नभएसम्म आफुहरु सरकारमा नजाने पनि बताए । देशको हालको समस्या सबै मिलेर समाधान गर्न सकिने तर संविधान संसोधन विना समस्या समाधान नहुने उनको जिकीर थियो । संघीय समाजवादी फोरम नेपाल जिल्ला समिति ओखलढुंगाले आयोजनाको पत्रकार भेटघाट कार्यक्रममा नेता यादवले वर्तमान सरकार संविधान संसोधनको मुद्दामा गम्भीर नभएको पनि आरोप लगाए ।</p><p>पूर्व परराष्ट्र मन्त्री समेत रहेका यादवले भारतमा नेपालको आन्तिरिक मामिलामा छलफल हुँदा विभिन्न अर्थ लागे पनि आफ्नो एजेण्डा सहि भएको पुष्टि भएको जिकिर गरे । संविधानले आदीवासी, जनजाति, पिछडा वर्ग मधेशीको सवाल र अधिकार सम्बोधन नगरेकाले आफुहरुले स्वीकार नगरेको यादवको भनाई थियो ।</p>