पुस २७, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तर्फबाट राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्। निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाएपछि रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

उनले २९ सांसदको समर्थन लिएर मुख्यमन्त्री बन्दैछन्। कूल ५३ सिट रहेको सुदूरपश्चिममा गठबन्धनका तर्फबाट २९ सांसदले समर्थन जनाएका हुन्। जसमा नेकपा माओवादी केन्द्रका ११ सांसद, नेकपा एमालेका १० सांसद, नागरिक उन्मुक्तिका ७ सांसद र राप्रपाका एक सांसद रहेका छन्।

यसअघि नागरिक उन्मुक्तिले शर्त राखेपछि सरकार गठन अन्योल बनेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ महिनाभित्रै रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिए।

उनले सरकारको समर्थन गरे पनि नागरिक उन्मुक्ति प्रतिपक्षमा बस्ने बताइन्। रेशम चौधरीको रिहाइ नभएसम्म विश्वासको मत भने नदिने अध्यक्ष चौधरीको भनाइ छ।

सुदूरपश्चिममा एमाले नेता राजेन्द्र रावललाई २९ सांसदको समर्थन
Leave a Comment