Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विमान दुर्घटनामा बेपत्ता थप १ जनाको शव भेटियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ३, काठमाडौँ | </b>आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव भेटेको हो । यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र खोजी कार्य जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।&nbsp;</p><p>आज सेती नदीको पानी घटाएर नहरमा पठाइएसँगै खोजतलासका क्रममा १ जना महिलाको शव भेटिएको उनको भनाइ छ । ‘सेतीको पानी घटाएसँगै १ जनाको शव भेटिएको छ । अब एक जनाको खोजीकार्य भइरहेको छ’, शाहीले भने ।&nbsp; उनको पहिचान हुन बाँकी छ&nbsp; ।</p>