2026-09-12 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

माघ ४, जनकपुर | मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। मत विभाजन एवं हस्ताक्षर प्रक्रियामार्फत् उनको पक्षमा सबै दलले विश्वासको मतदान गरेका हुन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा आज १०२ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ८ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। यस्तै ४ जना स्वतन्त्र सांसद छन्। ६ जना स्वतन्त्र जितेकामध्ये एक जना एमाले र एक जना माओवादी प्रवेश गरिसकेका छन्। 

सबै दल तथा सांसदहरूले विश्वासको मत दिएकोमा मुख्यमन्त्री राउतले धन्यवाद व्यक्त गरे। उनले संघीयता बलियो बनाउन एकमत भएर काम गर्ने समेत प्रतिबद्धता जनाए। संघका कर्मचारीले मधेस प्रदेशमा भ्रष्टाचार गरिरहेको भन्दै उनीहरूलाई त्यसो नगर्न चेतावनी दिए। भ्रष्टाचार न्यूनीकरणका लागि आफूले ठोस कदम चाल्ने समेत उनले बताए। संघीय सरकारले प्रहरी समायोजन नगर्दा काम गर्न कठिनाइ भएको भन्दै उनले त्यसका लागि सर्वदलीय टोली बनाएर काठमाडौं जानुपर्ने आवश्यकता हुनसक्ने उल्लेख गरे।

‘जनलोकपाल आयोग गठन भयो तर भ्रष्टाचारी समात्ने प्रहरी प्रशासन छैन समात्ने कसरी? अघिल्लो कार्यकालमा सदनमा शान्ति सुरक्षाको सवाल धेरै उठ्थे। माननीयज्युहरूले रूलिङ गर्न भन्नुहुन्थ्यो,’ उनले भने, ‘केन्द्रका कर्मचारी पैसा खुवाएर यहाँ आएछ। दिनदहाडै भ्रष्टाचार गर्छन्। यहाँबाट भन्न चाहन्छु सुध्रिनुस् नभए भोलि नराम्रो हुनसक्छ। म भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिँदिनँ भन्ने विश्वास दिलाउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस