2026-09-12 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेश: माओवादीबाट मन्त्री बन्नेको टुङ्गो

माघ १०, गण्डकी | नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ । सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिनुभयो । 

माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसक्नुभएको छ । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पु-याएपछि माओवादीले  दुई मन्त्री पाउँदैछ । जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित हुनुभएको थियो ।

उनान्चालीस वर्षीय उहाँ माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजकसमेत हुनुहुन्छ । मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । जुज्जाली सहिद परिवारको सदस्य हुनुहुन्छ । 

पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि कुन मन्त्रालय पाउने भन्ने अझै टुङ्गो नलागेको माओवादी केन्द्रले जनाएको छ । सो पार्टीबाट सुशीला सिम्खडा र माओवादीको चिह्नबाट गोरखामा चुनाव जित्नुभएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा पनि मन्त्रीका लागि आकाङ्क्षी देखिनुभएको थियो ।

सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउने बताउनुभयो । “कुन मन्त्रालय कसले पाउने भन्ने विषय अझै छलफलमै छ, अब जतिसक्दो चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ”, उहाँले भन्नुभयो । गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

बिनाविभागीय मन्त्रीको हैसियतामा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहनुभएको छ । एमालेले थप दुई मन्त्री सरकारमा पठाउनेछ । मन्त्रालय घटाउने निर्णयसँगै एमाले र माओवादीका गरी अब तीन मन्त्रीमात्र नियुक्त हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस