Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्यटनमन्त्रीको प्रश्न : पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १५, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र भूमि लूम्बिनीमा अपवित्र काम किन भनी प्रश्न गर्नुभएको छ । मन्त्रलयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि निर्देशन दिँदै मन्त्री किरातीले कोषको व्यवस्थपनका कारण लुम्बिनी बदनाम गर्ने प्रयास भएको टिप्पणी गर्नुभयो । राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासका लागि पठाएका मान्छेहरूले आफ्नो भूमिका बिर्सन नहुने उहाँको भनाइ छ ।

पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गौचरन र फोहरले  लुम्बिनी भरिएको गुनासो रहेको पनि पर्यटनमन्त्रीले बताउनुभयो । “देश–विदेशबाट मानिसहरूले लुम्बिनीलाई छुट्टै हिसाबले सोचेका हुन्छन् । यो विश्वभरिको बौद्धधर्मावलम्बीहरूको मुटुको ढुकढुकी हो । मुस्लिमहरूले मक्कमदिनालाई के बनाइसके ? लुम्बिनी सफा छैन सयौँ गाईहरू चर्ने गौचरन बनाइएको छ, तर तपाईँहरूले व्यवस्थापनको जिम्मा पाएर यस्तो फोहरैफोहर र धुलैधुलो राख्ने”, उहाँले भन्नुभयो ।

पर्यटनमन्त्री किरातीले लुम्बिनीलाई विकासका नाममा मागीखाने भाँडोमात्रै बनाइएको भन्दै उक्त क्षेत्रमा बनेका संरचनाको उपयोग गरिनुपर्ने धारणा राख्नुभयो । प्रभावकारी कामका लागि नीतिगत समस्या भए सहजीकरण गर्ने भन्दै उहाँले आगामी दिनमा कार्ययोजनसहित काम गर्न र सोको प्रगति प्रतिवेदन पेस गर्न आग्रह गर्नुभयो ।

मन्त्री किरातीले भन्नुभयो, “यो कुनै स्टन्ट होइन, अहिले हामी सुरुमा स्टन्ट देखाएर कर्मचारी सरुवा बढुवा गरेर सस्तो लोकप्रियता कमाउने पक्षमा छैनौँ । कर्मचारीले विगतमा के गरेको छ तर अब आजैदेखि ऊ सुध्रिनुपर्छ । कामको सम्पादन क्षमताको मूल्याङ्कन अब सुरु, भयो अब काम चाहियो ।”