Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

संविधान दिवशको अवसरमा पाँचथर कारागारका ५ कैदी छुटे

By साझासवाल

असोज ५, पाँचथर | फिदिम स्संविधान दिवसको अवसरमा पाँचथर कारागारका ५ जना कैदी बन्दी छुटेका छन ।

कर्तब्य ज्यान,सवारी ज्यान र कुटपिट मुद्वामा अदालतवाट दोशी प्रमाणित भएर ४० प्रतिसत भन्दा धेरै कैद भुक्तान गरेका ५ कैदीलाई कारागार प्रशासनको सिफारिसमा सरकारले मंगलवार रिहा गरेको हो ।

रिहा भएका हरुमा इलाम आमचोक ६ का हर्कमान राई,शिवगञ्ज ६ झापाका भिमबहादुर लक्सम, सराङडाँडा ६ पाँचथरका यामबहादुर खड्का,साव्लाखु ३ ताप्लेजुङका श्याम मगर र फाक्तेप ४ पाँचथरका खगेन्द्र चेम्जोङ छन ।

उनीहरुलाई चाल चलन असल रहेकाले रिहाइ गर्न उचित रहेको भन्दै कारागारको आन्तरिक प्रशासन र कारागार प्रशासनले सिफारिस गरेपछि कारागार व्यवस्था विभाग र नेपाल सरकारले रिहा गर्न आदेश दिएको वताइएको छ ।

उनीहरुलाई चौकीदार टेकनाथ रिजालले अविर लगाएर कारागारवाट बिदाई गर्नुभएको थियो ।