Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 17, 2023 रोजगार

लोकसेवा आयोगले माग्यो २६० जना कर्मचारी

By साझासवाल 2 मिनेट पढाइ

मङ्सिर १, काठमाडौँ | लोकसेवा आयोगले आयोगले २६० जना कर्मचारीका लागि विज्ञापन खोलेको छ ।

आयोगले शुक्रबार गोरखापत्रमा विज्ञापन खोल्दै राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक), स्वास्थ्य सेवाको आठौं र सातौं तहका कर्मचारी मागेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी(प्राविधिक) तर्फ ७६ पदमा २ सय १९ कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै इन्जिनियरिङ तर्फ विभिन्न सेवाका रहेका छन् ।

यस्तै कृषि तथा पशु चिकित्सक, कम्प्युटर अधिकृत, विद्यालय निरीक्षक, शिक्षा प्राविधिक लगायत पद रहेको छ ।

स्वास्थ्य सेवाको आठौं तहमा ८ पदमा ३६ जना कर्मचारीको विज्ञापन आयोगले माग गरेको छ । जसमा ३४ जना विभिन्न समुहका मेडिकल अधिकृत मात्रै माग गरेको छ । यस्तै स्वास्थ्य सेवाको सातौं तहमा ३ विधामा ४ जना कर्मचारी माग गरेको छ ।

आयोगले एक जना राष्ट्रिय मानव अधिकार सेवाको सूचना प्रविधि अधिकृत पनि माग गरेको छ ।