By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    18 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    19 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    24 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विवाह भएको दुई महीनामै साउदी उडेका श्रीमान्‌लाई अस्पतालको शय्यामा भेट्दा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > विवाह भएको दुई महीनामै साउदी उडेका श्रीमान्‌लाई अस्पतालको शय्यामा भेट्दा
समाज

विवाह भएको दुई महीनामै साउदी उडेका श्रीमान्‌लाई अस्पतालको शय्यामा भेट्दा

साझासवाल
Last updated: March 16, 2023 6:50 am
साझासवाल
4 Min Read
Share

चैत २, काठमाडौं | झापाको बाह्रदशी गाउँपालिका-६ काँक्रामारीकी २६ वर्षीया जमुना ढकालले विवाह भएको दुई महीनामै श्रीमान् जयनारायण ढकाललाई वैदेशिक रोजगारीका लागि बिदाइ गरेकी थिइन्। २०७६ पुसमा साउदी अरब उडेका जयनारायण तीन वर्षपछि गत फागुन १ मा नेपाल फर्किए।

श्रीमान्‌लाई लिन झापाबाट काठमाडौं पुगेकी जमुना त्रिभुवन विमानस्थल होइन, त्रिवि शिक्षण अस्पताल पुगिन्। उनी भन्छिन्, “विवाह भएको दुई महीनामै छोडेर साउदी जानुभएको थियो। तीन वर्षपछि फर्किंदा हाम्रो भेट अस्पतालको शय्यामा भयो।”

साउदीमा बिरामी परेका उनी नेपाल फर्किएका थिए। शिक्षण अस्पतालमा उपचारका क्रममा उनको स्वास्थ्य जाँच पनि गरियो। “अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेपछि मन निकै आत्तियो,” जमुना भन्छिन्, “एक महीना भइसक्यो, अझै सम्हालिन गाह्रो भइरहेको छ।”

काँक्रामारीका ३० वर्षीय जयनारायण पहिलो पटक नौ वर्षअघि साउदी गएका थिए। साउदीमा प्लास्टिक कम्पनीमा काम गर्थे। कामकाज राम्रै चलेको थियो, ऋण तिरिसकेका थिए।

तीन वर्षअघि उनी घर आएका थिए। चार महीनाको बिदामा आएका जयनारायणले जमुनासँग बिहे पनि गरे। उनीहरूको दुई वर्षका छोरा छन्।

उनी २०७९ सालको दशैंमा घर फर्किने तयारीमा थिए। तर, गाउँमा जुठो परेपछि आएनन्। “दशैंमा जुठो पर्‍यो, उहाँ आउनुभएन। अहिले आउने योजना थिएन,” उनकी पत्नी जमुना भन्छिन्, “बिरामी परेपछि कम्पनीले नेपाल फिर्ता पठायो।”

साउदीमा गाउँकै व्यक्तिले जयनारायणको रेखदेख गरेको उनकी दिदी कमला बताउँछिन्। उनैले घर फर्किन सघाएका थिए। भाइलाई लिन विमानस्थल पुगेकी कमला ह्वीलचेयरमै आएको देख्दा साह्रै गाह्रो भएको बताउँछिन्। “विमानबाट ह्वीलचेयरमै निकालेको थियो। सास फेर्न निकै गाह्रो भयो भन्दै थियो,” उनी भन्छिन्, “हामीले सीधै अस्पताल लग्यौं।”

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले रक्त क्यान्सर अन्तिम स्टेजमा पुगेको बताएका थिए। केही दिन शिक्षण अस्पतालमा उपचार गरिए पनि परिवारजन काठमाडौंमा बस्न सकेनन्। काठमाडौंको महँगो बसाइ र उपचार धान्न नसकिएको कमला बताउँछिन्।

केही दिनमै पाँच लाख सकिएपछि उनको परिवार पनि आत्तियो। जसमा केही पैसा जयनारायणले जोडेको थियो भने केही महीनाको तलब कम्पनीले उनीसँगै पठाएको थियो। “रोगसँगै पैसा खर्च भएपछि आत्तियौं,” जमुना भन्छिन्, “कुटो-कोदालो चलाएर खाने परिवारको एक सातामै पाँच लाख रुपैयाँ सकियो।”

जयनारायणका ७० वर्षीया बुबा चन्द्रलाल इँटाभट्टामा काम गर्थे। उनले महीनौं लगाएर जोगाएको ५० हजार पनि त्यही सात दिनमा सकियो। त्यसपछि चन्द्रलाललाई लाग्यो, यो रोगसँग जुध्न त पैसा चाहिने रहेछ।

पैसाको केही जोहो आफ्नै गाउँमा होला कि भन्ने सोचेर ढकाल परिवारले चिकित्सकसँग सल्लाह गर्‍यो, जयनारायणलाई गाउँतिरै लग्ने। अनि चिकित्सकले पनि पूर्वाञ्चल क्यान्सर अस्पतालमा रेफर गरिदिए। “घर र अस्पताल एकै जिल्लामा भएर मात्रै के गर्नु?” दिदी कमला भन्छिन्, “दैनिक १५ देखि २० हजार रुपैयाँ बिल उठ्न थाल्यो। कडा खालको किमो चढाएको मात्रै ३५ देखि ४० हजार रुपैयाँ लाग्छ।”

उनीहरूले पूर्वाञ्चल अस्पतालमा पनि धेरै दिन उपचार गराउन सकेनन्। अस्पतालको दैनिक खर्च धान्नै मुश्किल भएको कमला सुनाउँछिन्। “त्यहाँबाट त डाक्टरसँग डिस्चार्ज गरिमाग्यौं। आवश्यक औषधिहरू किन्यौं। पैसा नभएपछि अहिले घरमै राखेका छौं, औषधि खुवाइरहेका छौं।”

अहिले भने जयनारायणको परिवारले हारगुहार गरिरहेको छ। उनकै भरमा चलिरहेको परिवार सङ्कटमा परेको छ। “जयनारायणकै भरमा परिवार चलिरहेको थियो। उनी नै रोगले थलिएपछि घरको आर्थिक अवस्था पनि नाजुक भएको छ,” छिमेकी नम्रता उप्रेती भन्छिन्, “उपचार खर्च धान्न सक्ने परिवारको अवस्था छैन। त्यसैले सहयोग सङ्कलन अभियान शुरू गरेका छौं।”

सामान्य खेती-किसानीको भरमा चलेको परिवारले फागुन १ गतेयता जयनारायणको उपचारका क्रममा १० लाख रुपैयाँ खर्च गरिसकेको छ। आफूसँग भएको पैसा त सकियो नै, ऋण पनि पाउन छोडेको पत्नी जमुना बताउँछिन्। “कमाउने मान्छे बिरामी भएर फर्किनुभयो। बुबाले इँटाभट्टामा काम गर्दा थोरै भए पनि घर खर्च चलाउने पैसा कमाउनुहुन्थ्यो, यही वेला इँटाभट्टा पनि बन्द छ,” उनी भन्छिन्, “अब त हातमुख जोर्नै समस्या भइसक्यो। उपचार कसरी गर्ने?”

Share This Article
Facebook Email Copy Link Print
Previous Article एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने
Next Article विमलेन्द्र निधि भन्छन्– प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

बाजुरामा भूकम्पको धक्का महसुस

57 years ago
सप्तरी - SPTसमाज

करेन्ट लागेर एकजनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

नयाँ बसपार्क क्षेत्रमा प्रहरीद्वारा स्विप अपरेसन, ५७ जना पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

ज्येष्ठ नागरिक विधेयकमा छलफल

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?