2026-07-05 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पदयात्रीको रोजाइको गतिलो गन्तव्य बन्यो नवलपरासीको देवचुली डाँडा

असोज ६, कावासोती । नवलपरासीमा रहेको सबैभन्दा अग्लो चुचुरो देवचुली डाँडा पदयात्राका लागि गतिलो गन्तव्य बनेको छ । तिनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति पार्क र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित गर्न थालेको छ । 

नवलपुरको थारु संस्कृति र मध्यवर्ती जङ्गलमा पाइने बाघ, हात्ती, गैँडा हेर्न आउने पर्यटक बढी मात्रामा यो क्षेत्रको पदयात्रामा आउने गरेका छन् । 

देवचुलीको धार्मिक र ऐतिहासिक पुरातात्विक विषयमा प्रचारप्रसार गरी सिङ्गो पर्यटन क्षेत्रको विकास गर्ने गरी पूर्वाधार निर्माणको काम भएपछि यहाँ आउने पर्यटक बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिका अध्यक्ष पदमराज गिरीले बताउनुभयो । नवलपरासीमा पनि पदयात्राका लागि उपयुक्त ठाउँ छ भन्ने चिनाउन सफल भएको एकीकृत पर्यटन विकास मञ्चका हरिभक्त कँडेलले बताउनुभयो । 

देवचुलीबाट पोखराको शिरमा रहेका हिमशृङ्खलासमेत देख्न पाइने, मगरको कौरा, झ्याउरेलगायत सांस्कृतिक कार्यक्रमबाट स्वागत हुने भएकाले पर्यटकले भरपुर मनोरञ्जन लिन सक्ने हुँदा पदयात्रा आनन्ददायी हुने गरेको पदयात्री रामजी रानाले बताउनुभयो । 

देवचुली पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि समितिले १९३६ मिटर अग्लो डाँडामा २३ फिट अग्लो भ्यूटावरको निर्माण पूजालाई व्यवस्थित गराउन तीन कन्या माईको मन्दिर निर्माण, खानेपानी व्यवस्थाका लागि फेदीमा खानेपानीको व्यवस्था गरिएको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका कोषाध्यक्ष मीनबहादुर सोती मगरले बताउनुभयो । 

देवचुली भ्रमणमा आउने पाहुनाका लागि स्थानीय खाना ढिँडो, लोकल कुखुराको मासुसहित स्थानीय घरमा राखिने गरिएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढदेखि करिब २३ किमी दलदले बजारबाट उत्तरतर्फ रहेको देवचुलीमा विगत तीन वर्षदेखि पर्यटकीय विकासका पूर्वाधारहरु बन्न थालेपछि शैक्षिक भ्रमणका लागि आउने पिकनिकका लागि आउने, तीनकन्या माईको पूजा गर्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिले जनाएको छ । 

थारु समुदायले भने कुमारवर्ती माईका रुपमा यहाँ पूजा गर्दै आएका छन् । 

पर्यटकका लागि नवलपुरमा बस्नका लागि नारायणी नदी किनारमा होटल बन्न थालेका छन् । चितवन निकुञ्जमा जङ्गल घुम्न आउनेहरु देवचुलीमा प्राकृतिक सांस्कृतिक र मनोरम दृश्यको दृश्यावलोकन गर्न पाइने भएकाले तीनदिनदेखि पाँचदिनसम्म यहाँ बस्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै