असोज ६, रोल्पा । नेपाली काँग्रेसका सांसद तथा सो पार्टीका जिल्ला सभापति अमरसिंह पुनले यस वर्षको सांसद विकास कोषको बजेट बिपी स्मृति भवन निर्माणमा सहयोग गर्नुहुने भएको छ ।

उक्त पार्टीको बुधबार सम्पन्न बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद पुनले सांसद विकास कोषको रु ५० लाख र थप ५० लाख गरी रु एक करोड भवन निर्माणका लागि उपलब्ध गराउने सो भवनमा भवनमा सभाहल, बैठककक्ष, सभापतिको कार्यकक्ष, पदाधिकारीको कार्यकक्ष गरी १६ वटा कोठा निर्माण हुनेछन् ।

दुर्गम क्षेत्र विकास समितिका उपाध्यक्ष तथा सांसद सभापति दीपकजंग शाहले पनि सो भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

September 22, 2016
रोल्पा - RLP, समाज
सांसद विकास कोषको बजेट बिपी स्मृति भवनमा
By kit
2 मिनेट पढाइ