पढ्न करिब 1 मिनेट लाग्छ
<p align="justify"><b>असोज ७ पर्वत ।</b> राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि अभियान चलाएका आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पर्वतका एक स्कुले बालकले सहयोग गरेका छन् । हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत अमन पौडेलले शमी राष्ट्रि पुरस्कारबाट प्र्राप्त रकमको ५० प्रतिशत रकम आविष्कार केन्द्रलाई सहयोग गरेका हुन् । </p><p align="justify">उनले विहिबार पुरस्कारबाट प्र्राप्त रकमको १२ हजार ५ सय ५१ रुपैयाँ बैकमार्फत महाविरको अभियानलाई सहयोग गरेका हुन् । पौडलले आफुजस्तै विज्ञान प्रविधिसँग रुचि भएका बालबालिका तथा युवाहरुको लागि लक्षित गरी उक्त केन्द्र स्थापना हुन लागेको भन्दै सहयोग गरेको बताए । अमनले घरगाउँमा पाइने सामाग्रीबाट झण्डै १ दर्जन सामाग्रीहरु बनाएर प्रर्दशन समेत गरिसकेका छन् ।<br></p>

