Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०७ गते, बिहान ५:१४ बजे
पर्बत - PBT

पातीखोला बाढी पीडितको व्यथा, पाँच हजार राहत कि आहत ?

k By kit 8 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्र केसी असोज ७ पर्वत । पातिखोलामा आएको बाढीका     कारण घरबारविहिन बनेकाहरुले राहतको नाममा पाँच हजार बाहेक केहि पाउन सकेका छैनन् । बस्ने बास उठ्यो, खाने गास बाढीले लुट्यो तर प्रशासनले राहतको नाममा पाँच हजार हातमा थमाएर आफ्नो जिम्मेवारी पुरा ग¥यो ।
पाँच हजारले न त घरनै बन्न सक्छ न त महिना दिनको लागि पुग्ने रासनको जोहो नै हुन सक्छ । पातिखोलामा आएको बाढीका कारण पीडित बनेका बाजुङ १ का मनबहादुर पौडेल अहिले आफ्नो व्यथा लिएर सदरमुकाममा भौतारिएका छन् ।
पातिखोलामा आएको बाढीले उनको खोला किनारमा रहेको धानकुट्ने मिल मात्रै बगाएन उनको उठिबास  नै लगायो । मध्यरातमा बाढीले मेल बगायो, विस्तारै पहिराले घर जोखिममा पा¥यो । भएको घर पहिरोको जोखिमा परेपछि उनी अहिले गुहार माग्नको लागि सदरमुकाममा धाएका छन् तर उनको व्यथा न त कुनै राजनीतिक पार्टीले सुनेको छ न त सरोकारवाला निकायले नै त्यस विषयमा चासो लिएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पौडेल आफ्नो विचल्ली हुदाँ पनि पार्टी मुकदर्शक बनेर बसेको प्रति दुखि छन् ।्
१० बर्षे जनयुद्धका क्रममा सेनाले पक्राउ गरी ६ महिना जेल जीवन विताएका उनको विजोग हुदाँ पार्टीले एउटा निवेदन समेत लेख्नको लागि आलटाल गरेको प्रति असन्तुष्ट छन् । जसको लागि आफ्नो घरपरिवार त्यागेर जेल जीवन विताउँदा पनि पार्टीको निष्ठामा कहिल्यै आँच आउन दिइन आज त्यहि पार्टीले म विचल्लीमा पर्दा रमिते बनेर बसेको छ पौडेलले भने ।
राहतको नाममा पाँच हजार हातमा परेको थियो त्यसले के गरौं,  न त खोलाले बगाएको रोजीरोटी फिर्ता हुन्छ न त रासनको लागि हप्तादिनको लागि खर्चपानीको जोहो हुन्छ । राज्यले दिएको पाँच हजार राहत भन्दा पनि आहत भएको पौडेलको भनाई छ । चोटमा मलम लगाउनु भन्दा पनि पाँच हजार थप पीडा बोध गराएको उनको तर्क छ । आफुले स्थानीय सरोकारवाला निकायसँग राहत भन्दा पनि पातीखोलामा पक्कीरुपमा बाँध लगाउनको लागि अपिल गरेको बताएका छन् । मनबहादुरले खोलाको किनारमा प्लास्टर सहितको बाँध बनाईदिए आफुलाई त्योभन्दा अरु केहि नचाहिने बताउँछन् ।
देउपुर ९ पातिचौरमा धौलागिरी सावुन उद्योग संचालन गर्दै आइरहेका यामबहादुर चोचाङगीको पनि पीडा उहि छ । २३ लाखमा उद्योग संचालन गर्दै आइरहेका चोचाङगीको सावुन उद्योग मात्र खोलाले लगेन उनको सपना समेत उडायो । त्यो रातको खोलाको गडगडावटलाई उनी यमराजको सवारका रुपमा लिएका छन् । मध्यरातमा भाँगेर बाँचेका उनी आफु र परिवालाई त बचाए तर आफ्नो गरी खाने उद्योग र बासलाई भने बचाउन सकेनन् । बास र गास दुवै गुमाएका यामबहादुरले राहतको नाममा सरकारबाट पाँच हजार र रेडक्रसबाट पाल पाएको बताए ।
राज्यले राहतको नाममा पाँच हजार हातमा थमाएर पीडामा मलम भन्दा पनि जलन पैदा गरेको उनको तर्क छ । पाँच हजारले न त छाप्रो बनाउनको लागि आवश्यक सामाग्री आउँछ न त हप्तादिनको लागि रासननै पुग्छ । यता न उताको राहत दिएर राज्यले घाउमा मलम भन्दा पनि जलन पैदा गरेको बताए ।
इन्सोरेन्स गर्ने तयारीमा रहेको उद्योग र घर बगाएपछि सुकुमबासीको झै मगर संघको भवनमा बसेका उनी पुर्नबास र गरिखाने माध्यम औलाइदिए आफुलाई त्यहि नै राहत हुने बताउँछन् ।
विदेशी खाडी मुलुकमा कमाएको पैसाले देउपुर सुन्चापमा घडेरी किनेर छाप्रो बनाएर बसेका कालु विक, अन्तरे विक, सुन्दर विकको व्यथा पनि उही छ । बर्षोदेखि खाडी मुलुकमा राप र ताप भैइ कमाएर किनेको   घडेरी र घर एकाएक खोलाले बगाउँछ भन्ने थाहा भएको भए आफुहरु बरु गाउँमा नै बस्ने बताउँछन् । गत बर्ष देउपुरको मैदान जाने सडकबाट पहिरो खस्दा बचेको घर पातिखोलाले भने बगाइ छाड्यो । खोलाले पातिखोलामा रहेको १ मेघावाटको पातिखोला जलविद्युत आयोजनामा क्षति पु¥याएको थियो । त्यस्तै रेन्बो ट्राउट माछा फर्म,       केराबारी, सयौ रोपनीमा   रहेको धान खेत समेतलाई बगरमा  परिणत गरेको थियो ।