साजन परियार । पर्वत
पर्वतको फलेवास देविस्थानमा जन्मिएका गायक सरोज साजन श्रेष्ठले आफ्नो दोस्रो एल्वम् ‘यस थ्री रकिङ्ग’लिएर श्रोतमाझ आएका छन् । पहिलो एल्वम् ‘एस थ्री’को सफलता पश्चात गायक श्रेष्ठले दोस्रो एल्वम् बजारमा ल्याएका हुन् । श्रेष्ठको उक्त एल्वम्मा ५ वटा गित रहेकाछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार । पर्वत
पर्वतको फलेवास देविस्थानमा जन्मिएका गायक सरोज साजन श्रेष्ठले आफ्नो दोस्रो एल्वम् ‘यस थ्री रकिङ्ग’लिएर श्रोतमाझ आएका छन् । पहिलो एल्वम् ‘एस थ्री’को सफलता पश्चात गायक श्रेष्ठले दोस्रो एल्वम् बजारमा ल्याएका हुन् । श्रेष्ठको उक्त एल्वम्मा ५ वटा गित रहेकाछ"/>
2026-06-17 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासी गायक सरोज साजन श्रेष्ठको रमाईलो फलेवास सार्वजानिक -भिडियो सहित

2016-09-23

साजन परियार । पर्वत
पर्वतको फलेवास देविस्थानमा जन्मिएका गायक सरोज साजन श्रेष्ठले आफ्नो दोस्रो एल्वम् ‘यस थ्री रकिङ्ग’लिएर श्रोतमाझ आएका छन् । पहिलो एल्वम् ‘एस थ्री’को सफलता पश्चात गायक श्रेष्ठले दोस्रो एल्वम् बजारमा ल्याएका हुन् । श्रेष्ठको उक्त एल्वम्मा ५ वटा गित रहेकाछन् । जसमा ‘रमाईलो पलेवास…,’ ‘एक तिम्रै कारणले…,’ मैकुरी बसेको…,‘मोहनीले….,’ पापिनीले २….’ जस्ता उत्कृष्ट गीत रहेका छन् । अहिले उनले ‘रमाईलो फलेवास’ सार्वजनिक गरेका छन् भने अन्य गित रेकडिङ्गको तयारीमा रहेका जानकारी गराए ।
‘रमाईलो फलेवासमा फलेवास लगायत जिल्लाको पर्यटकीय तथा धार्मिक स्थालको महिमागान गाउँदै मायाको सन्र्दभ जोडेका छन् । उक्त गितमा गायक श्रेष्ठकै शव्द रहेको छ ।  ‘एस थ्री रकिङ्ग’ भित्र रहेको ‘रमाईलो फलेवास ’लाई अहिलेका युवा पुस्ताले रुचाईएका चर्चित संगीतकार कल्याण सिंहले संगित भरेका छन् । गितलाई साहस शाक्यले एरेञ्ज गरेका हुन् भने प्रकाश मिश्रले मिक्सिङ गरेका छन् । उक्त गीत अकुस्टिक नेपालबाट रेकर्डिङ गरिएको हो ।
पहिलो एल्वम् ‘एस थ्री’ वाट सफलताको शिखर चुम्न सफल भएका श्रेष्ठले  उक्त गितले फलेवास क्षेत्रको भू–भागलाई चिनाउन सहयोग पुग्ने दावी गरेका छन् । देवीस्थान भगवाती, फलेवास, कालीगण्डकी, दर्शन ढुङ्गा, मुक्तिनाथ मन्दिर जस्ता पवित्र स्थलहरुको कशम खाँदै आफ्नो प्रियसीलाई फलेवास बसाँैला भन्ने गितको मुख्य भाव हो । आफ्नो गाउँको परिवेश समेट्ने भएकाले फलेवासमा नै यसको भिडियो बनाउने तयारी रहेको सुनाए । उनले भने–‘ मैर्लै सर्वप्रथम यो गितवाट फलेवास क्षेत्रलाई विश्वसामु चिनाउनु छ ।
मैले गित झिक्नुको उद्देश्यपनि यहि हो,’ । श्रेष्ठले तिहार पछि उक्त गितको छाँयाकन गर्ने बताए । छोटो समयमै श्रोत तथा दर्शक माझ चिनिएका श्रेष्ठले रमाईलो फलेवास आफ्नो जन्म भूमी भएकाले पनि फलेवासलाई नै सर्मपण गरेको बताए । आफ्नो ठाउँलाई गीत संगितवाट चिनाउँन पाउँदा आफुलाई खुशी महशुस भएको छ,– उनले भने ।
 यूटुववाट सार्वजानिक रमाईलो फलेवास छोटो समयमै दर्शक तथा श्रोतमाझ लोकप्रिय  भईसकेको छ । नेपाली संगित गीतमा संभवत पहिलोचाटी लोक फ्युजन संगित सुरु गरेका गायक श्रेष्ठको स्वरले सबैलाई मुग्ध बनाएको उनको पहिलो एल्वम्को सफलताबाट पनि थाहा हुन्छ ।
 आधुनिक र पप मात्र नभएर श्रेष्ठले अव विस्तारै चलचित्र क्षेत्रमा हात हाल्ने कुरा जानकारी गराए । केही चलचित्र निर्माता र सङगीतकारले आफुलाई चलचित्रमा गीत गाउनका लागि अवसर दिन लागेको कुरा उनले सुनाए । आफु गित संगितमा कहिल्यै नथाक्ने,नआत्तिने र विस्तारै अघी बढ्ने उनको भनाई छ ।
अभिनय समेत अव्वल मानिएका श्रेष्ठले पहिलो एल्बमको अपार सफलतापछि  दोस्रो एल्वम्मा पनि आफैँ म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरिरहेका छन् । दोस्रो एल्वम्वाट पनि आफुले सफलता बटुल्ने कुरामा आफु विश्वसता रहेको उनले दाबी गरेका छन् । आकर्षक व्यक्तित्वका धनी गायक सरोज साजन श्रेष्ठ गायक मात्र नभएर मोडल, लेखक र सामजिक अभियन्ताका रुपमा पनि चिनिनु हुन्छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड