2026-07-25 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन

चैत १४, किमाथाङ्का | सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन । 

तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस फुल्न नसकेको हो । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण गुराँसको फूल फुल्ने समयमा परिवर्तन आएको छ । विगतका वर्षमा लालीगुराँसले यतिबेला तीनजुरे क्षेत्रका वनपाखा रङ्गीन भएको देख्न पाइन्थ्यो तर यो वर्ष चैतको आधा महिना बित्दा भर्खर कोपिला लाग्न सुरु भएको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष ढिला गुराँस फुल्न थालेको धर्मदेवी नगरपालिका–५ का दुर्गामणि पौडेलले बताउनुभयो । 

लालीगुराँस फुलेपछि तीनजुरेले सबैको मन लोभ्याउने गर्दछ  तर समयमै गुराँस नफूल्दा त्यसको असर होटेल व्यवसायदेखि अरू क्षेत्रमा पनि परेको होटल ब्यवसायी सानुमाया  दाहालले बताउनुभयो । गुराँस फुलेको हेर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण विगतमा निकै रमझम हुने तीनजुरे क्षेत्र यसपटक सुनसान भएको उहाँको भनाइ थियो  । 

 तीन जुरेमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । पाथीभरा, चौकी, मङ्गलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जङ्गल छ । तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफूले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । 

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजाति पनि छन् । यस्तै हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झुण्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँस तीनजुरे क्षेत्रमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक