2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

बेलौती बेचेर शैक्षिक सामग्री किन्छन् रोल्पाका विद्यार्थी

कविता उपाध्याय, असोज ७, रोल्पा । आर्थिक अभावका कारण जिल्लाका केही बालबालिकाले बिदाका दिनमा बेलौती (अम्बा) बेचेर शैक्षिक सामग्री जुटाउँदै आएका छन् । पढ्ने तीव्र चाहना हुँदाहुँदै पनि शैक्षिक सामग्रीको अभावका कारण पढाइमा बाधा पुग्ने गरेको उनीहरुको भनाइ छ । 

यसरी बेलौती बेचेर शैक्षिक सामग्री जुटाउने सबैजसो बालबालिकाका बुबा वैदेशिक रोजगारीमा गएको र आमा घरकै काममा व्यस्त हुने भएपछि उनीहरु बिदाका दिनमा बेलौती बेच्नका लागि सदरमुकामसम्म आउन बाध्य भएका हुन् । बिदाका दिनमा मात्र बेचेको बेलौतीबाट दैनिक रु २५० देखि ३५० सम्म आम्दानी हुने उनीहरुले बताएका छन् । 

डाक्टर बनेर रोल्पाली जनताको सेवा गर्ने लक्ष्य बोकेकी ११ वर्षीया सृजना पुन बालउदय माध्यमिक विद्यालय जंकोट–१ माडिचौर रोल्पामा कक्षा ५ मा अध्ययनरत छिन् । उनलाई मनैदेखि पढ्ने रहर छ । भविष्यमा जिल्लाकै अस्पतालमा डाक्टर बनेर जनताको सेवा गर्ने रुचि बोकेकी पुनले आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन गाह्रो भएको बताइन् । बुबाको कमाई घरखर्चमै सकिने भएपछि उनले बिदाका दिनमा गाउँमै बेलौती खरिद गरेर सदरमुकाम पुगी बेलौती बेच्न थालेकी हुन् । 

यस्तै, १० वर्षीया प्रतिमा पुन माडिखोला अङ्ग्रेजी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गर्दैछिन् । सृजना जस्तै प्रतिमाको पनि पढेर गाउँकै विद्यालयमा शिक्षक बन्ने रहर छ । तर आर्थिक अभावका कारण डोकोमा बेलौती बोकेर बेच्नका लागि उनी पनि साथीहरुसँग बिदाका दिनमा सदरमुकाम आउने गर्छिन् । करिब साढे २ घन्टाको लामो बाटो पैदल यात्रा गरेर उनीहरु सदरमुकामसम्म आइपुग्छन् । अरू बेला स्कुल हुन्छ, बिदाका दिनमा पनि आमालाई सघाउन बेलौती बेच्न आउँछौँ, सृजनाले भनिन् । 

यस्तै, जंकोट–१ माडिचौर रोल्पाका १२ वर्षीय दीपेश बुढामगर बालउदय माविमा कक्षा ७ मा अध्ययन गर्दैछन् । भविष्यमा के भन्ने भन्ने बारेमा उनलाई थाहा छैन, तर पनि पढेर ठूलो मान्छे बन्नका लागि उनी पनि सदरमुकामसम्म बेलौती बेच्न आउने गरेका हुन् । 

भाइबहिनी साना छन् घरमा गाईवस्तु पनि छन् घरको काम झन्झटिलो हुन्छ, त्यसैले आमालाई सघाउन बिदाका दिनमा बेलौती बेच्न आएको हुँ बुढामगरले भने । 

यसरी बेलौती बेच्नेमध्ये कसैको घरबाट ल्याए पनि अन्य सबैले गाउँबाट खरिद गरेर ल्याउने गरेका छन् । यी बालबालिकाले मौसमअनुसारका फलफूल जस्तै आँप, सुन्तला, काफल लगायतका फलफूल बेचेर शैक्षिक सामग्रीहरु जुटाउँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई