2026-07-05 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाबुको हत्या गरेकालार्इ माफी दिएपछि परिवारमा त्रास

असोज ७, पर्वत । बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा गरेपछि परिवारमा त्रास छाएको छ । 

सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा रहेका पर्वतका निर्मल पौडेले १० वर्ष कैद मिनाहा पाएर घर फर्केकाले पीडित परिवार र गाउँले नै त्रस्त भएका हुन् । 

मानसिक सन्तुलन बिग्रिएका निर्मल पौडेललाई माफी दिएकाले उनका आफ्नै परिवार डराएका हुन् । पौडेलले २०६३ सालमा पर्वत जिल्ला खुर्कोट–४ का आफ्ना बाबु चन्द्रप्रसाद पौडेललाई लट्ठी र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । 

पर्वत जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलापछि पर्वत जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका पौडेलले कारागारभित्रै पटक–पटक उद्दण्ड मच्चाएपछि कास्की कारागारमा सरुवा गरिएकोे थियो । 

त्यसपछि पाल्पा कारागार पुगेका पौडेललाई कारागार पाल्पाको सिफारिसमा गृहमन्त्रालयले आचरण सुध्रिएको भन्दै असोज २ गतेको निर्णयले बाँकी कैद सजाय मिनाहा गर्ने निर्णय गरेको हो । कैद मिनाहाका लागि पटक पटक माग गरेपछि आफूहरुले सम्पूर्ण विवरणसहित लेखेर कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको कारागारकी प्रमुख सुजता खत्रीले जानकारी दिनुभयो । 

कैद मिनाहा भए पनि आफन्तको जिम्मा नलगाई छोड्न नमिल्ने भएकाले पटक–पटक परिवारलाई बोलाउँदा पनि जिम्मा लिन नआएकाले हिजो कारागारका कर्मचारीले पौडेललाई परिवारसमक्ष बुझाउन पर्वत ल्याएका थिए । 

पर्वतमा आफन्तलाई सोधखोज गरेर सम्पर्क गर्दा जिम्मा लिन कसैले नमानेपछि पौडेललाई पुनः फर्काएर पाल्पा कारागारमा नै पु¥याइएको थियो कारागार प्रमुख खत्रीका अनुसार पौडेललाई पुनः कारागारमा राख्न नमिल्ने भन्दै पाल्पामा क्रियाशील स्थानीय मानवअधिकारवादी सङ्घसंस्थाको रोहवरमा मुचुल्का गराएर छोड्ने तयारी गरिएको बताउनुभयो । 

परिवारको माइला छोरा निर्मलले बुबाको हत्या गरेपछि आमा धनकुमारी पौडेल र अन्य दुई दाजुभाइ कुश्मा, बागलुङलगायतका सहरमा बस्दै आएका छन् । उसले फेरि अर्को घटना निम्त्याउँछ कि भनेर परिवार घर छाडेर बाहिर बस्दै आएको छिमेकी शेषराज रेग्मीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै