प्रभात सुवेदी । असोज ७, बर्दिया ।
तालीको गड्गडाहट, कसैका आँखामा आँशु, फूलमाला र अबीरको साथमा विरहका धुनहरु गुन्जीरहँदा भक्कानिएका मनहरु थामिन सकेका थिएनन् । कतिखेर आँशु पुछ्न हातका औंलाहरु उद्यत हुन्थे त कहिले क्रन्दन लुकाउन जोडजोडले चिच्याउँथे उनीहरु ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज ७, बर्दिया ।
तालीको गड्गडाहट, कसैका आँखामा आँशु, फूलमाला र अबीरको साथमा विरहका धुनहरु गुन्जीरहँदा भक्कानिएका मनहरु थामिन सकेका थिएनन् । कतिखेर आँशु पुछ्न हातका औंलाहरु उद्यत हुन्थे त कहिले क्रन्दन लुकाउन जोडजोडले चिच्याउँथे उनीहरु ।

१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सिटामोल खाएरै पनि पढाएँ

७ आश्विन २०७३, शुक्रबार ११:०६

प्रभात सुवेदी । असोज ७, बर्दिया ।
तालीको गड्गडाहट, कसैका आँखामा आँशु, फूलमाला र अबीरको साथमा विरहका धुनहरु गुन्जीरहँदा भक्कानिएका मनहरु थामिन सकेका थिएनन् । कतिखेर आँशु पुछ्न हातका औंलाहरु उद्यत हुन्थे त कहिले क्रन्दन लुकाउन जोडजोडले चिच्याउँथे उनीहरु ।

कदरपत्र प्रदान गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकुन्तला चौधरी….

यो दृश्य झण्डै चार दशक लामो शिक्षण पेशामा आवद्ध भई अवकाश प्राप्त गर्नुभएका श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका शिक्षक शम्भुप्रकाश गौतमको विदाइको हो ।
विदाइका क्रममा अवकाश प्राप्त शिक्षक गौतमको शिक्षण प्रतिको लगावलाई मूल्यांकन गर्दै शिक्षक तथा विद्यार्थीहरुले अस्वस्थ अवस्थामा पनि सिटामोल खाएर शिक्षण पेशामा निरन्तर समर्पित हुनुभएको कुरा स्मरण गरेका थिए ।
बर्दिया र अन्य जिल्लाहरुमा गरी चार दशक लामो शिक्षण कार्य गर्नुभएका शिक्षक शम्भुप्रकाश गौतमलाई आज एक भव्य समारोहका बीच विद्यालयमा विदाइ गरिएको छ ।

विदाई मन्तव्य राख्नुहुँदै प्रधानाध्यापक भेजेन्द्र बहादुर थापा……
श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाले वहाँको योगदानको उच्च कदर गर्दै कदरपत्र तथा दोसल्ला ओढाएर विदाई गरेको हो ।
विदाइ कार्यक्रममा आप्mनो भनाई राख्दै अधिकांश बालबालिकाहरुले वहाँको शिक्षण शैली र लगनशीलताको मुक्त कण्ठले प्रशंशा गरेका थिए । साथै विद्यार्थीहरुले वहाँको बारेमा गीत तथा कविताहरु प्रस्तुत गर्दा सबै विद्यार्थी तथा शिक्षकहरुको आँखा रसाएका थिए । वहाँको शिक्षणप्रतिको लगनीलता र मिहिनेतको कदर गर्नुहुँदै बगलामुखीमा राम्रा शिक्षक ल्याउने क्रममा वहाँलाई यस विद्यालयमा ल्याइएको स्मरण गर्नुहुँदै अपेक्षा अनुरुपको योगदान गर्नुभएकोमा शिक्षकहरुको तर्फबाट नारायण गौतम्ले प्रशंशा गर्नुभयो ।

विद्यालयका सहकर्मी शिक्षक साथीहरुका बीचमा निवृत्त शिक्षक शम्भुप्रकाश गौतम…..
विद्यालयका प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाले विद्यार्थीहरुको यो विदाईको उत्साह र आँखाका आँशुहरुले नै वहाँको शिक्षणप्रतिको सशक्त योगदान उजागर हुने कुरा बताउनुभयो । साथै विद्यालयले वहाँको योगदानको उच्च मूल्याकंन गरिरहने धारणा व्यक्त गर्नुभयो ।
यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकुन्तला चौधरीले शिक्षक शम्भुप्रकाश गौतमको निवृत्त जीवन सुखमय बनोस भनी कामना गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै निवृत्त शिक्षक गौतमले आफूले शिक्षण कार्यलाई पेशाका रुपमा मात्रै नलिएर सेवाको भावनाले समर्पित भएको कुरा स्मरण गर्नुभयो ।
शिक्षक गौतमलाई विद्यालय, शिक्षकहरु तथा विद्यार्थीहरुद्वारा उपहारहरु प्रदान गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो?