2026-09-12 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमै सुतेर प्रदूषणको विरोध


असोज ७, पर्सा । पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छात्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन् । 

प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा आज बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृतिप्रेमीले विरोध जनाएका हुन् । 

प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य र विद्यार्थीले मूल सडकमा बिहान ११ः१५ देखि ११ः३० बजेसम्म सडकमै सुती साङ्केतिक विरोध गरेका थिए । 

सबैभन्दा बढी प्रदूषण हुने वीरगन्जको भन्सार क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति सरोकारवाला निकायलाई गम्भीर बन्न पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आज सडकमै सुती विरोध जनाएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जशपाल सिंहले बताउनुभयो । 

वीरगन्जको शङ्कराचार्यद्वार नजिकैको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरलाई व्यवस्थापन गर्न र भन्सार क्षेत्रको सडकमा नियमित सफाइ गराउन उपमहानगरपालिका कार्यालय तथा स्थानीय प्रशासनलाई महिनौँदेखि गुहार गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर स–साना नानीसहित सांकेतिक विरोध जनाएको अध्यक्ष सिंहको भनाइ छ । 

नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको वीरगन्ज नाकाको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरका कारण सो क्षेत्र पूरै दुर्गन्धित भई स्थानीय बासिन्दा सहित आवतजावत गर्ने बटुवा पनि ठूलै सास्ती खेपेको जानकारी सम्बन्धित कार्यालयलाई गराउँदासमेत कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले गुनासो गर्नुभयो । 

प्रकृति सेवा प्रतिष्ठानले गराएको अनुसन्धानबाट जिल्लाको सबैभन्दा बढी प्रदूषित क्षेत्र नै भन्सार क्षेत्र भएको र सो क्षेत्रको सफाइका लागि दर्जनौँ पटक लिखित पत्र उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले बताउनुभयो । उहाँले आजको सांकेतिक विरोधपछि पनि भन्सार क्षेत्रकोे समस्याप्रति स्थानीय निकाय र उपमहानगरपालिका गम्भीर नभए अब यसभन्दा पनि कडा विरोध गर्ने चेतावनी दिनुभयो । 

यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसँग बुझ्दा उहाँले प्रतिष्ठानको विरोध प्रदर्शनलाई स्थानीय प्रशासनले सकारात्मक रुपमा लिएको र भन्सार क्षेत्रमा फालिएका फोहरलाई चाँडोभन्दा चाँडो उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगरपालिका कार्यालयलाई निर्देशन गरिने जानकारी दिनुभयो । 

नेपालको मुख्य प्रवेशद्वारमै फोहर थुपारेर राख्दा वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले फोहर व्यवस्थापन गर्न तत्काल नगरपालिकालाई निर्देशन गरिने प्रजिअ घिमिरेले प्रतिबद्धता जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस