Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

करेन्ट लागेर युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>असोज ७, पर्सा । </b>पर्साको कौवावनकटैया गाविसमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>गाविस–१ निवासी २६ वर्षीय अलिहसन अन्सारीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको धारामा जडान गरिएकोे विद्युतीय मोटरको तार मिलाउने क्रममा करेन्ट लागी गम्भीर बिरामी भएका अन्सारीको उपचारको क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।</p><p>करेन्ट लागि गम्भीर बिरामी भएका अन्सारीलाई प्रहरी भ्यानमा राखी इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका सुरक्षाकर्मीले उपचारको लागि उपक्षेत्रीय अस्पताल पु¥याएपछि उनको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए। रासस</p>