2026-07-25 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

चैत २९, त्रिशूली | आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु-याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पु-याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको  नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म (सर्वस्वसहित)को कारबाहीको माग गरिएको छ । “दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई पक्राउ गरेका छौँ”, प्रनाउ खड्काले भन्नुभयो, “नेपाली महिलालाई भारत लैजाने दलाल कुमार तामाङलाई यसअघि नै २० वर्षको कैद फैसला भइसकेको छ भने उक्त अपराधमा जोडिएकी सोनामलाई थप अन्य पीडितले सोमबार दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ ।”

प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छिन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको देखिएको छ । उनलाई नेपालबाट त्यहाँसम्म बालिका तथा महिला पु¥याउने थप व्यक्तिलाई  प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती पीडित महिलालाई सिन्धुपाल्चोक जिल्लाको साविक राम्चे गाविस–१ का कुमारले बिक्री गर्न भारत पु¥याएका थिए ।

काभ्रेका किशोरीलाई विसंं २०७३ वैशाखमा भारतमा फेसन डिजाइनरमा रोजगार लगाइने भनेर लगिएको थियो भने नुवाकोटकी महिलालाई भारतमा गएर बिहे गर्ने र उता आफैँले होटल सञ्चालन गर्ने भनेर लगिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

“फरक–फरक समयमा भारतको कोठीमा पुगेका ती दुई महिला विसं २०७३ कात्तिक २५ गते भागेर नेपाल आएपछि उनीहरूले न्यायका लागि गरेको प्रयासमा सफलता मिलेको छ”, प्रनाउ खड्काले भन्नुभयो, “कोठी सञ्चालक सोनामलाई यसअघि कुमारसँगको मुद्दामा पूरक अभियोग बनाइएको थियो भने अहिले पीडितले उनलाई नै मुख्य प्रतिवादी बनाएर जाहेरी दिएका छन् ।”

नुवाकोटको पीडित महिलाले दिएको जाहेरीको आधारमा पक्राउ परेका सिन्धुपाल्चोकका कुमारलाई नुवाकोट जिल्ला अदालतले विसं २०७५ मङ्सिर १४ मा २० वर्षको कैद सजाय तोकेको थियो । कैद सजाय तोक्ने समयमा उनी ३५ वर्षका थिए । अदालतको फैसलाअनुसार कुमार  विसं २०९४ मङ्सिर १४ सम्म कैद बस्नुपर्नेछ भने पीडितलाई रु ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने तत्कालीन जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले गर्नुभएको फैसलामा उल्लेख थियो  ।

पीडित ती महिलालाई दलालमार्फत खरिद गरेर कोठी सञ्चालन गर्दै आएकी सोनाम उक्त मुद्दामा पूरक अभियुक्त बनाइएकामा अहिले नुवाकोटसहित काभ्रेका महिलाले आफूलाई खरिद गरेर यौन व्यवसायमा लगाउने प्रमुख व्यक्ति (प्रतिवादी) भनेर दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । पीडितको बयान, उनको फोन तथा सामाजिक सञ्जालको सम्पर्कमा उनीले खरिद गरेका दसभन्दा बढी किशोरी तथा बयस्क महिला हालसम्म पनि सम्पर्कविहीन छन् । उनीहरू पनि सोही अपराधमा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक