पढ्न करिब 1 मिनेट लाग्छ

रोशन पोखरेल/असोज ८, विराटनगर । अग्रवाल महिला मञ्चको आयोजनामा बिराटनगरमा असोज १४ गते लाइभ डांडिया नाइट हुने भएको छ ।

भारतको गुजरातमा नाचिने सो नाच बिराटनगरमा पनि मारवाडी समुदायमा निक्कै लोकप्रिय र बहु आयामिक सुप्रशिद्ध मानिन्छ । असोज १४ गते बिराटनगरको मारवाडी सेवा सदनमा बेलुकी ५ बजेबाट उक्त कार्यक्रम आयोजना गरिने आयोजक समितिका सदस्य रेणु तोदीले बताउनुभयो ।

उक्त कार्यक्रममा भारतीय ब्याण्डबाट सांगीतिक कार्यक्रम साथै विभिन्न खालका खानाका परिकारका स्टलहरु समत राखिने उहाँले बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित मध्ये भाग्यमानी व्यक्तिले बिभिन्न पुरस्कार समेत प्राप्त गर्ने उहाँले बताउनुभयो ।

साथै अग्रवाल महिला मञ्चले हरेक वर्ष दशैको अवसरमा यस्तै किसिमको सास्कृतिक कार्यक्रम गदै आएको उहाँले बताउनुभयो । यस्ता सास्कृतिक पर्वले आपसी रुपमा मित्रता र सहयोगको साथै जमधटको रुपमा स्थापित हुने मा उहाँको भनाइ रहेको छ । दशैको वेलामा गरिने सो कार्यक्रमको लागी अहिले प्रचार प्रसार कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।