2026-07-24 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मकै बेचेर जीवन निर्वाह गर्दै

बैशाख ४, कैलाली | कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री  गर्नुहुन्छ । 

अरुको बारीबाट मकै खरिद गरेर उहाँ श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिनुहुन्छ । सानो मकै रु २० र ठूलो मकै २५ मा बिक्री हुन्छ । श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता चौधरी मकै पोल्न । 

“केही गरेर खानलाई आफूसँग तागत भन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्नका लागि जग्गा छैन”, कलैया भन्नुहुन्छ, “अरुको बारीबाट मकै खरिद गरेर पोलेर बिक्री गर्ने गरेका छौंँ । त्यसैबाट आएको पैसाले घरखर्च चलाउन थालेका  छौंँ ।” त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्मको कमाइ हुनेगरेको कलैया बताउनुहुँन्छ । 

एकतापुर शिविरकी कल्याणी चौधरीले तीन वर्षदेखि मकै बिक्री गर्दै आउनुभएको छ । अहिले मकैको बेमौसम भएकाले पोलेको मकै बिक्रीमा समस्या छैन । “ज्यालादारीमा भनेबेला काम पाइदैन । पाएको काममा पनि कमाई भन्दा बढी वचन सुन्नुपर्ने”, कल्याणी भन्नुहुन्छ, “त्यो भन्दा काँचो मकै ल्याएर पोलेर बिक्र गर्दा राम्रो । कमाइ पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने ।” उहाँले आफुसँग खेती गर्न जग्गा नभएको बताउँदै अरुबाट काँचो मकै ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो । 

टीकापुर नगरपालिका–२ बन्दीपुरकी सञ्जिवनी चौधरीका दुई छोरा सेनामा र श्रीमान् भारतमा काम गर्नुहुन्छ । 

आफूसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जीवनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो कामबाट सन्तुष्ट छु ।”

उहाँले पाँच कट्टा जग्गामा मकै खेती गर्नुभएको छ । आफैले फलाएको मकै ल्याएर उहाँ बजारमा बिक्री गर्नुहुन्छ । सञ्जीवनी भन्नुहुन्छ, “एक सिजनमा मकै बेचेर ५० देखि ६० हजार कमाइ हुन्छ । अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुन्छ ।” सिजनमा तरकारी खेतीबाट पनि उहाँले राम्रो आम्दानी गर्नेगरेको बताउनुभयो । 

बजारका विभिन्न ठाउँमा रुखमुनि शीतलमा  बसेर मकै पोलेर बेच्ने बढ्दै गएका छन् । पुरुष भन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । कतिपयले मकैखेती आफै गरेका छन् भने कतिपयले अरु किसानबाट रु १० मा मकै खरिद गरेर २० देखि २५ मा बेच्छन् । 

विपन्न परिवारका पुरुष कमाउनको लागि बाहिर जाने र महिला सिजनमा गाउँमै ज्यालादारी गर्छन् । काम नभएको समयमा किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्ने लगायतका काममा व्यस्त हुनेगरेका छन् । 

टीकापुर नगरपालिका–३ पुछरीका राधेश्याम चौधरी मकै बेच्नकै लागि पाँच किलोमिटर साइकलको यात्रा गरेर टीकापुर बजार पुग्नुहुन्छ । श्रीमान्श्रीमती दुबै साइकलमा टीकापुर पुगेर दिनभर मकै पोल्ने र बिक्री गर्ने गर्नुहुन्छ । ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँ चार वर्षदेखि मकै बेच्नुहुन्छ । “थोरै मिहेनतमा राम्रो आम्दानी हुनेभएपछि सिजनमा राम्रो आम्दानी हुने गरेको छ । मकै बेचेर केही महिनाको घरखर्च र अहिले छोराछोरीको विद्यालय भर्नाको जोहो भइहाल्छ”, राधेश्याम भन्नुहुन्छ, “गर्मीयाममा मजदुरी गरेर जीविका चलाउन पनि मुस्किल हुन्छ । मजदुरी गर्नुभन्दा यो सिजनमा मकै बेच्नु राम्रो छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक