2026-07-25 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविर

वैशाख ५, ढोरपाटन | ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । 

ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो । एक दिने स्वास्थ्य शिविरमा दीर्घरोगीदेखि विभिन्न किसिमका रोगको उपचार गरिएको थियो । उहाँले पहिलो पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सबै प्रकारको रोगीलाई लक्षित गरी सेवा उपलब्ध गराइएको बताउनुभयो । 

शिविरमा मुटु रोग, तन्द रोग, स्त्री रोग लगायतका रोगको परीक्षण र उपचार गरिएको अध्यक्ष घर्ती मगरको भनाइ छ । “यसपटक वडा कार्यालयको अगुवाइमा विदेशी डाक्टरसहितको टोलीले सेवा प्रदान भएको छ”, उहाँले भन्नुभयो । शिविरमा डाक्टर अमृत पोखरेल, डाक्टर सरमशिखा भट्टराईलगायत, अमेरिका र बेलायतबाट आएका डाक्टरको टोलीले सेवा दिएको थियो । 

शिविरमा स्थानीय चन्द्रसिंह गुमाइँले पनि दाँतको उपचार गराउनुभयो । “दाँत किराले खाएर समस्या भएको थियो, हालसम्म घरेलु उपचार गराउँदै आएको थिए”, उहाँले भन्नुभयो, “हिजो ढोरपाटनमै विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउँदा खुसी छु ।”

गुमाइँ जस्तै स्थानीय प्रियासी पुन मगरलेपपनि शिविरबाट सेवा लिनुभयो । लामो समयदेखि ढाड दुख्ने समस्याबाट ग्रसित उहाँले शिविरमा स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्राप्त गर्नुभयो । “यस्तो विकट ठाउँमा वडा कार्यालयले स्वास्थ्य शिविर राख्यो, हामी जस्ता दुर्गमका मान्छेले राम्रो सेवा पायौँ, यस्तो सेवा बेला–बेलामा ल्याउन सके, यहाँका धेरै मान्छेको अकालमा ज्यान जाने थिएन”, पुन मगरले भन्नुभयो, “यहाँ त अहिले पनि अस्पतालमा गएर उपचार गराउने चलन निकै कम छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक