2026-07-05 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बक्राहा खोला गाउँमा पस्दा तीस घरपरिवार विस्थापित

असोज ९, मोरङ । मोरङको इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आज बिहान फेरि बक्राहा खोला गाउँमा पस्दा सो क्षेत्रका ३० घरपरिवार विस्थापित भएका छन् । 

हिजो साँझदेखि नै परिरहेको वर्षाले आज दिउँसो खोलामा पानी बढेर इटहरा – ३ जयनगर बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् । अहिले उनीहरु खोलाको बाँध र आफन्तको शरणमा बसिरहेका छन् । 

गत असोज ५ गते बुधबार नै सो ठाउँमा खोलाले बाँध फुटाएको थियो । खोलाले फुटाएको बाँधको तटबन्धन हुन नसक्दा आज फेरि खोला गाउँमा पसेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो । 

बक्राहा खोला गाउँमा पस्दा इटहराको वडा नं ३, ४ र ५ डुबानमा पर्ने गरेको छ । गत बुधबार खोला गाउँमा पस्दा ती वडाका तीन सय भन्दा बढी घर डुबानमा परेका थिए भने सयौँ बिगाहा धानबाली नष्ट भएको थियो । 

पूर्वी पहाडी जिल्लामा अविरल वर्षा भइरहेका कारण पनि स्थानीयवासी बाढीको त्रासमा रहेका छन् । “अझै पनि वर्षा भइरहेका कारण ढुक्क भएर बस्नसक्ने अवस्था छैन,” इटहरा – ३ की चन्द्रकला रिजालले भन्नुभयो – “खोलाको बाँधमा बस्नुपर्ने अवस्था छ हालसम्म कसैले पनि राहत र उद्धार गर्न सकेको छैन ।” 

बाढीपीडितले स्थानीय प्रशासनले राहत दिन नसकेको भन्दै गुनासो गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै