८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बक्राहा खोला गाउँमा पस्दा तीस घरपरिवार विस्थापित

९ आश्विन २०७३, आईतवार १०:२८

असोज ९, मोरङ । मोरङको इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आज बिहान फेरि बक्राहा खोला गाउँमा पस्दा सो क्षेत्रका ३० घरपरिवार विस्थापित भएका छन् । 

हिजो साँझदेखि नै परिरहेको वर्षाले आज दिउँसो खोलामा पानी बढेर इटहरा – ३ जयनगर बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् । अहिले उनीहरु खोलाको बाँध र आफन्तको शरणमा बसिरहेका छन् । 

गत असोज ५ गते बुधबार नै सो ठाउँमा खोलाले बाँध फुटाएको थियो । खोलाले फुटाएको बाँधको तटबन्धन हुन नसक्दा आज फेरि खोला गाउँमा पसेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो । 

बक्राहा खोला गाउँमा पस्दा इटहराको वडा नं ३, ४ र ५ डुबानमा पर्ने गरेको छ । गत बुधबार खोला गाउँमा पस्दा ती वडाका तीन सय भन्दा बढी घर डुबानमा परेका थिए भने सयौँ बिगाहा धानबाली नष्ट भएको थियो । 

पूर्वी पहाडी जिल्लामा अविरल वर्षा भइरहेका कारण पनि स्थानीयवासी बाढीको त्रासमा रहेका छन् । “अझै पनि वर्षा भइरहेका कारण ढुक्क भएर बस्नसक्ने अवस्था छैन,” इटहरा – ३ की चन्द्रकला रिजालले भन्नुभयो – “खोलाको बाँधमा बस्नुपर्ने अवस्था छ हालसम्म कसैले पनि राहत र उद्धार गर्न सकेको छैन ।” 

बाढीपीडितले स्थानीय प्रशासनले राहत दिन नसकेको भन्दै गुनासो गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो