२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमान इञ्जिन फेल भएपनि सुरक्षित रूपमा दुबई पुग्यो

२०८०, १२ बैशाख मंगलवार ०३:०८

बैशाख १२, काठमाडौँ | काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रूपमा दुबई पुगेको छ | उडानलगत्तै चरा ठोक्किएपछि जहाजको एउटा इञ्जिन फेलपनि काठमाडौंमा अवतरण गरेन ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका  थिए । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेनन्।


विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । पाइलटले इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका थिए । केहिवेर आकासमै होल्ड गरे र पाइलटले अर्केो इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ । 

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । तर जहाज नफर्किकन सुरक्षित रहेको जनाउदै दुबईतर्फनै लागेको हो । प्राविधिक समस्या देखिएको सो जहाजमा १२० विदेशी र ४९ जना नेपाली यात्रु रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा