By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    12 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    17 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल
समाज

देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

साझासवाल
Last updated: May 1, 2023 9:25 am
साझासवाल
7 Min Read
Share

वैशाख १८, गैँडाकोट | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभयो । 

उहाँले भन्नुभया,े “निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक विकासमा गति लिनसक्दैन, हामीले अहिले उत्पादन वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कुरालाई जोड दिएका छौँ ।” आजको युगमा यी सबै सरकारले पूरा गर्नसक्ने कुरा होइन भन्दै उहाँले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको काम गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ, राज्यले त्यसका निम्ती आवश्यक ऐन, कानुन, भौतिक विकास, शिक्षा स्वास्थ्यमा लगानी बढाउने र त्यताबाट स्वस्थ जनशक्ति निर्माण गर्ने कुरामा ध्यान दिने हो ।” 

सङ्घीय सरकारका तर्फबाट निजी क्षेत्रमा परेको अफ्ठ्यारोलाई सहज गर्न धेरै मेहनत गरिरहेको उल्लेख गर्दै उहाँले परिणाम न निस्किँदासम्म आफूले  धेरै कुरा भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ परिणाम निस्कन्छ, हामीले जनतामा निरासा बाँड्ने काम रोक्नु पर्छ ।” सरकारले विद्यार्थी भर्ना हुनुअघि विकट गाउँसम्म पुस्तक पु¥याएको, राहधानी र लाइसेन्समा सहजीकरण गरेको उहाँले जानकारी दिनुभयो । 

 विदेशमा गएका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेसँगै युवा त्यसबाट लाभान्वित भएको उहाँले बताउनुभयो । पछिल्लो समय रेमिट्यान्स बढ्दो क्रममा रहेको जनाउँदै उहाँले अझ बढाउने तयारीमा सरकार रहेको बताउनुभयो । उहाँले भन्नुभया, “राजस्व बढ्दै छ, अझ बढाउने तयारीमा हामी छौँ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रदक छ, त्यसलाई अझ सन्तुलनमा ल्याउन जोड गर्दैछौँ ।”  

बैंक ब्याजदर घट्दो क्रममा रहेको जनाउँदै उहाँले यही महिनाको अन्त्यसम्म अझै घट्ने बताउनुभयो । उहाँले भन्नुभयो “गरेका काम भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट नगर्ने हो भने विकास भन्ने कुरा मुस्किल र चुनौती पूर्णहुन्छ, उद्योगी व्यवसायीलाई जोखिम उठाउन आग्रह गर्छु, राज्य तपाईहरुको पक्षमा छ, सबैले मिलेर जाँदा देश बनाउन सकिन्छ ।”

नेपाल अहिले पनि आर्थिक दबाबमा रहेको जनाउँदै उहाँले क्रमिक सुधार आउने र लय समात्ने विश्वास आफूले लिएको बताउनुभयो । अप्ठ्यारो परिस्थितिमा नै जोखिम उठाएर विकास  परियोजनालाई अघि बढाउने आँट केबलकार कम्पनीका अध्यक्ष चन्द्र ढकालले गरेको भन्दै उहाँले सातै प्रदेशमा एउटा–एउटा पर्यटकीय क्षेत्रमा केबलकार पु¥याउने उहाँको योजनाको प्रशंसा गर्नुभयो ।  मौलाकालिका मन्दिर एउटा धार्मिक सांस्कृतिक र ऐतिहासिकस्थल भएको भन्दै प्रधानमन्त्री दाहालले तीन जिल्लाको सङ्गमका रुपमा रहेकाले देवघाट, नारायणी नदी यसको प्रभाव र योगदान सबैतिर फैलने बताउनुभयो ।

 उहाँले धार्मिक, संस्कृति पर्यटन प्रवद्र्धनका दृष्टिकोणले र ऐतिहासिक सांस्कृतिक सम्पदालाई जनताको आवश्यकतासँग जनताको जीवन र सम्बृद्धिको आकक्षासँग जोड्ने परियोजनाका रुपमा यसलाई आफूले लिएको बताउनुभयो । यी परियोजना निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यको राम्रो उदाहारण भएको उहाँले बताउनुभयो । 

मौलाकालीकाको ऐतिहासिक र धार्मिक महत्वको चर्चा गर्दै उहाँले भन्नुभयो, “आज केबलकारको उद्घाटन गर्दैगर्दा यो क्षेत्र देशभरिका लागि एक पटक जाउँ जाउँ भन्ने क्षेत्र हुनपुग्यो, यो कार्यक्रम सुनिराख्नुभएका र हेरी राख्नुभएका दाजुभाइ दिदीबहिनी एक चोटी मौलाकालिका जानै पर्छ ।” यस क्षेत्रलाई विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । चितवनतर्फ मात्र नभएर नवलपरासीतर्फ पनि नारायणी नदीको तटिय क्षेत्रमा तटबन्धनको गृहकार्य अघि बढेको उहाँले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकालिका मन्दिर ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । “यो अत्यन्तै पुरानो धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “यहाँका जनताले यस मन्दिरको उत्खनन गरेर भव्य मन्दिर बनाएपछि यहाँको धार्मिक महत्व बढेर अहिले देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।” मौलाकालिका मन्दिरमा शक्तिप्रति आस्था राख्ने बढ्दै गएको अवस्थामा यहाँ निर्माण गरिएको केबलकारले पर्यटकको थप वृद्धिमा टेवा पु¥याउने उहाँले बताउनुभयो । 

नेपाली कांग्रेसका नेता एवं नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रतिनिधिसभा सदस्य प्रा डा शशाङ्क कोइरालाले यस जिल्लाको नाम नवलपुर नामकरण हुनुपर्ने बताउनुभयो । “देश सङ्घीयतामा गएको छ वर्ष भइसकेको छ, यस जिल्लाको नाम अझै नामकरण हुनसकेको छैन”, प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै कोइरालाले भन्नुभयो, “यस जिल्लाको नामकरण पनि अब गर्नुपर्छ, नवलपुर जिल्ला भनेर नामाकरण गर्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू ।” भारतसँग नाका जोडिएको गण्डकी प्रदेशकै एकमात्रै भन्सार त्रिवणी भन्सार पनि यहीँ पर्ने जनाउँदै उहाँले यसको समेत स्तरोन्नति गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलमैदानका लागि जग्गा प्राप्ति भइसकेको र त्यसका लागि बजेट पार्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी बुटवलदेखि नारायणगढसम्मको दूरीमा तीव्र गतिमा सवारीसाधन गुड्ने र यस क्षेत्रमा ट्रमा सेन्टर नभएकाले चाँडो ट्रमा सेन्टर निर्माण गर्नुपर्नेमा कोइरालाले जोड दिनुभयो । स्थानीयको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा सञ्चालनमा आएको केबलकारको लागत करिब रु दुई अर्ब रहेको केबलकारका अध्यक्ष ढकालले बताउनुभयो । 

यही वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आइसकेको जनाउँदै उहाँले केबलकारको अपर स्टेशनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले आगामी छ महिनाभित्र ६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने जनाउँदै केबलकार र होटलमा गरी करिब दुई सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका समेत अध्यक्ष रहनुभएका ढकालले नवलपुरमा रहेको ऐतिहासिक धार्मिक र पर्यटकीय सम्पदालाई सबै नेपाली समक्ष पु¥याउन सघाउने गरी केबलकार सञ्चालनमा ल्याएको बताउनुभयो । 

उहाँले नेपालका सातवटै प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालनका लागि आइएमइ समूहले प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो । “बुटवलमा केबलकार निर्माण अन्तिम चरणमा छ, हामीले पाथीभरादेखि सुदूरपश्चिमसम्म केबलकार सञ्चालन गर्ने प्रक्रिया अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधि सञ्चालन गर्दै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने हाम्रो योजना हो ।” 

मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालीका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण गरिएको छ । केबलकारको एकतर्फी लम्बाइ एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गृह मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ : रास्वपा
Next Article देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

९७ हजार नगदसहित १४ जुवाडे पक्राउ

57 years ago
बझाङ्ग - BJNसमाज

बझाङमा निर्माण कार्य नसकिदै भत्कियो क्षेत्रीय खेलमैदानको पर्खाल

57 years ago
कन्चनपुर - KNCसमाज

कञ्चनपुरका भूमिहीन परिवार आगो बालेर रात काट्दै

57 years ago
काठमाडौँ - KTMसमाज

‘विदेशमा अलपत्र ५११ नेपालीको उद्धार’

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?