असोज १० पर्वत । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कुश्माको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वाचन हुँदै छ । कार्यसमिति सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्य आईतवार सम्पन्न भयो ।
    संस्थाको अव बन्ने नयाँ कार्यसमितिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १० पर्वत । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कुश्माको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वाचन हुँदै छ । कार्यसमिति सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्य आईतवार सम्पन्न भयो ।
    संस्थाको अव बन्ने नयाँ कार्यसमितिको"/>
2026-06-19 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिवालय खानेपानीको अध्यक्षमा चारको उम्मेदवारी

2016-09-26

असोज १० पर्वत । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कुश्माको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वाचन हुँदै छ । कार्यसमिति सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्य आईतवार सम्पन्न भयो ।
    संस्थाको अव बन्ने नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनेहरुमा मानकुमारी गिरी, बाबुराम जोशी, विष्णुप्रसाद नेवार, लक्ष्मीकान्त आचार्य छन् । त्यसैगरी उपाध्यक्ष पदमा उम्मेदवारी दिनेहरु समेत ४ जना नै रहेका छन् ।
    उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनेहरुमा रमाकान्त शर्मा, उमादेवी कुमाल, सरिता भण्डारी, लक्ष्मी कुमारी शर्मा छन् । सचिव पदका लागि ३ जनाको उम्मेदवारी छ । रवि कुमार श्रेष्ठ, दिपुबाबु गिरी, दिपकराज गिरीले सचिव पदका लागि उम्मेदारी दिएका हुन् । कोषाध्यक्षमा राम     गिरी र हरिनारायण पाध्याको उम्मेदवारी     छ ।
    खुल्ला सदस्यतिरबाट उम्मेदवारी दर्ता गराउनेहरुमा शान्तिनारायण श्रेष्ठ, बलराम पाध्या, शालिग्राम पाध्या, नवराज गिरी,      राजेन्द्र नेपाली, फूलराज शर्मा,     नवराज भण्डारी रहेका छन् । नयाँ कार्यसमितिका लागि ६ जना महिला सदस्यहरु उम्मेदवारी परेको छ ।         महिला सदस्यमा उम्मेदवारी दर्ता गराउनेमा तुप्ला कुमारी शाक्य, बुद्धिकुमारी श्रेष्ठ, नम्रता गिरी, सीता नेपाली, ओमकुमारी श्रेष्ठ रहेका छन् । उम्मेदवारहरुका विरुद्ध दावी       विरोध आज गर्न पाईने छ भने उम्मेदवारी फिर्ता भोलि विहान ११ बजेसम्मलाई तोकिएको निर्वाचन मण्डलले जनाएको छ ।  
संस्थाको कार्यसमितिमा अध्यक्षसहित ९ जना सदस्यहरु रहने व्यवस्था छ । संस्थाले २३ सयभन्दा बढी धारा वितरण        गरेको गरिसकेको छ । वितरित धारामध्ये नविकरण गर्ने ९०० जना उपभोक्ता सदस्यहरुले निर्वाचित कार्यसमिति सदस्यहरुलाई मतदान गर्नेछन् । निर्वाचनका लागि सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मण्डल गठन भएको     छ ।  
    संस्थाको नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराउनेहरुमा पुरानै अनुहारहरु धेरै छन् । निवर्तमान कार्यसमितिका सचिव रविकुमार श्रेष्ठले आफ्नो नाम फेरि सचिव पदको उम्मेदवारका लागि दर्ता गराएका छन् । त्यसैगरी निवर्तमान कोषाध्यक्ष बाबुराम जोशीले आफूलाई अध्यक्ष र सदस्यहरु रमाकान्त शर्मा, उमादेवी कुमाल, लक्ष्मीकुमारी शर्माले उपाध्यक्ष पदका लागि उम्मेवारी दर्ता  गराएका हुन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिनेहरुमध्ये            मानकुमारी गिरी यसअघि संस्थाको उपाध्यक्ष भईसकेकी व्यक्ति हुन् भने लक्ष्मीकान्त आचार्य संस्थामा संस्थापक उपाध्यक्ष रहिसकेका व्यक्ति हुन् । संस्थाको शनिवार ते¥हौ साधारणसभा सम्पन्न भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ