२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा

२०८०, २० बैशाख बुधबार ०८:४९

बैशाख २०, सिन्धुपाल्चोक | लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

गाउँ शिक्षा समितिको निर्णयानुसार पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना बालबालिकालाई सात दिनभित्र सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना निकालेको छ ।

सामुदायिक विद्यालयलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्त माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने शिक्षा समितिको निर्णयसहितको सिफारिस भई आएको पालिका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । उहाँले आफ्ना बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना गरेको बताउनुभयो ।

यही वैशाख १८ गते गाउँ कार्यपालिकाबाट शिक्षा समितिको सिफारिसअनुसार सार्वजनिक पदधारण गरेका सबैका बालबालिका सामुदायिक विद्यालय भर्ना गराउने निर्णय भएकाले सूचना प्रकाशित मितिले सात दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सोको जानकारी शिक्षा शाखामा उपलब्ध गराउन सूचनामा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने