२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शंकर कँडेल मृत्यु प्रकरण : चार्टर्ड एकाउन्टेन्ट जीवन रावल नियन्त्रणमा

२०८०, २२ बैशाख शुक्रबार ०५:५२

बैशाख २२, काठमाडौँ | चितवनका पोल्ट्रि व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले चार्टर्ड एकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ । रावल अनमोल फिड्स प्रालिका चार्टर्ड एकाउन्टेन्ट हुन् ।

रावललाई बाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितले रातोपाटीलाई बताए । ३६ वर्षीय रावल बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीय हुन् ।

चार्टर्ड एकाउन्टेन्ट जीवन रावललाई कँडेलले चितवनमै घर बनाएर राखिदिएका थिए । व्यावसायिक साझेदार भारतीय मारवाडी प्रदीप रुङ्टा र चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । पीडितका परिवारले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले बताए ।

केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए । रुङ्टा भारतीय मारवाडी हुन् । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको घटनास्थलमा भेटिएको सुसाइड नोटमा उल्लेख छ ।

रुङ्टासँग मिलेर रावलले हिसाब मिलान गर्दा कँडेलेको नाममा बेरुजु देखाएको र आत्महत्या दुरुत्साहन गरेको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने