२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौं महानगरमा बनिसकेका ७ हजारभन्दा बढी घरकाे नक्सापास माग

२०८०, २२ बैशाख शुक्रबार १०:३७

बैशाख २२, काठमाडौँ | नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका ७ हजार बढीले काठमाडौं महानगरपालिकामा नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । जसमध्ये एक हजार ७३५ जनाको नक्सा पास भएको महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार बाँकी निवेदकको नक्सा पास गर्नेलगायत प्रक्रिया चलिरहेको छ । मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न ९० दिनभित्र निवेदन दिन महानगरले २०७९ भदौ २३ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पेश गर्न सकिने सूचनामा उल्लेख थियो । तोकिएको समयभित्र नक्सा पेश नगर्नेहरुको विवरण संकलन गरेर स्थानीय सरकार सञ्चालन ऐन २०७४, भवन संहितासम्बन्धी प्रचलित व्यवस्था र महानगरको निर्णयबमोजिम कारबाही हुने महानगरले जनाएको छ ।

गएको साउनदेखि शहरी विकास विभागले ९६२ वटा डीपीसी (ड्याम प्रुृभ कोर्स) स्वीकृत गरेको छ भने एक हजार ७३५ वटा निर्माण सम्पन्न प्रमाणपत्र जारी गरेको छ । यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन् ।

‘डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम (ईबीपीएस) महानगरले नक्सा स्वीकृतिका लागि प्रयोग गरेको अनलाइन प्रणाली हो । यो प्रणालीलाई राजस्व र बैंकसँग लिङ्क गरिएको छ’, महानगरका सहायक विज्ञ स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डेले भने, ‘भवन संरचनासँग सम्बन्धित उजुरी पनि यही प्रणालीमा आवद्ध गरिएको छ । जनताका पीरमर्कासँग सम्बन्धित कानूनी कागजपत्र प्रणालीमा अपलोड गरेपछि कानून विभागले प्रणालीबाटै कारबाही प्रक्रिया अगाडि बढाउँछ । प्रणालीमा नागरिकले आफ्नो फाइल कसको डेक्समा पुगेको छ । त्यो डेक्समा पुगेको कति समय भयो भनेर ट्र्याकिङ गर्न सक्छन् ।’

भूईं क्षेत्रको अनुपात (फ्लोर एरिया रेसियो-फार) सेट व्याक, टाँसिएको भवन, आंशिक निर्माण सम्पन्न, माटो परीक्षण, संवेदनशील क्षेत्र, संस्थागत भवन, सभा सम्मेलन भवन, सार्वजनिक भवन, व्यापारिक भवन भवन निर्माणसँग सम्बन्धित प्राविधिक विषय हुन् ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । २०८० साल बैशाख १ गतेदेखि ५ हजार स्क्वायर फिटसम्मका भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने