2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बाढिका कारण विराटनगर १६ का ३५ घर विस्थापित

रोशन पोखरेल, असोज १०, विराटनगर । केसलिया खोलाको बाढीका कारण विराटनगर–१६ का ३५ परिवार विस्थापीत भएका छन् । दुईदिनयता लगातार परेको पानीका कारण केसलिया खोलामा पानीको सतह बढेर खोलाको पानी बस्तीमा पस्दा विराटनगर–१६ सिमराही टोलका ३५ परिवार विस्थापित भएका हुन् ।

     बाटो र घर डुबानमा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरेर विराटनगर–१६ कै बखरी निम्न माध्यमिक विद्यालयमा राखेको छ । ऋषिदेव समुदायको बस्ती रहेको सिमराहीटोलका घरहरुमा ४ फिटसम्म पानी जमेको छ । अचानक घर छोड्नुपर्ने भएपछि सरसामान र खाद्यान्न समेत ल्याउन नपाएका कारण विस्थापितहरुले भोकभोकै बस्न बाध्य भएको बताएका छन् । 

     बिहान ११ बजेतिर खोलाको बाढी घरमा पसेको स्थानीय धमेन्द्र ऋषिदेवले जानकारी दिनुभयो । बस्तीको छेउमै रहेको केशलिया र फुफरी खोलाको जलस्तर बढेपछि अहिले सिमराही टोलसहित छेउछाउका टोल र सडकहरुमा घुँडाभन्दा माथि पानी जमेको छ ।साथै कतिपयको घर भित्र पानी पसेर बस्नै नमिल्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई