2026-07-05 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा सरकारी कार्यालयमा दरबन्दीअनुसार १२१ जनाको पद रिक्त

असोज १०, रोल्पा । रोल्पा जिल्लाका १० वटा सरकारी कार्यालयमा मात्र दरबन्दीअनुसार ११४ जनाको पद रिक्त रहेको सम्बन्धित कार्यालयले जनाएका छन् । 

लामो समयदेखि दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति हुन नसक्दा हरेक सेवा प्रवाहमा कठिनाइ हुने गरेको कार्यालय प्रमुखहरुको गुनासो छ । 

“हामीले हाम्रा कार्यालयबाट सकेजति सेवा प्रवाह गरिरहेका छौँ तर रिक्त पद पूर्ति हुनसके सेवाग्राहीलाई अझ सहज रुपबाट सेवा प्रदान गर्न सकिने थियो” – प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले भन्नुभयो । 

उहाँका अनुसार जिप्रका रोल्पालगायत मातहतका एकाइमा ४४ जनाको पद रिक्त रहेको छ । जसअन्तर्गत प्रहरी निरीक्षक दुई, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हवल्दार १८ र प्रहरी जवान २१ गरी ४४ जनाको पद रिक्त रहेको हो । 

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा जनस्वास्थ्य अधिकृत एक, मेडिकल रेकर्डर एक, प्यारामेडिक्स १२ र कार्यालय सहयोगी चार गरी जम्मा १८ जना कर्मचारीको पद रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । 

यस्तै जिल्ला कृषि विकास कार्यालयमा बागवानी विकास अधिकृत एक, योजना अधिकृत दुई, प्राविधिक सहायक पाँच, नायब प्राविधिक सहायक तीन र कार्यालय सहयोगी तीन गरी जम्मा १४ जनाको पद रिक्त रहेको कार्यालयका प्राविधिक सहायक महेन्द्र पुनले जानकारी दिनुभयो । 

यसैगरी जिल्ला शिक्षा कार्यालयमा शाखा अधिकृत दुई, विद्यालय निरीक्षक चार, लेखा अधिकृत एक, प्राविधिक सहायक तीन गरी जम्मा १० जनाको पद रिक्त रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी जिविसको कार्यालय रोल्पा र मातहतका गाविसका कार्यालयमा पनि करिब एक वर्षदेखि योजना अनुगमन तथा प्रशासकीय अधिकृत एकसहित अन्य सातजना गाविस सचिवको पद रिक्त रहेको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिनुभएको छ । 

यस्तै जिल्ला वन कार्यालय रोल्पामा फरेस्टर चार, खरिदार एक, वन रक्षक दुई र सहायक वन अधिकृत तीन गरी १० जनाको पद रिक्त रहेको जिल्ला वन कार्यालय रोल्पाका निमित्त जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेले जानकारी दिनुभयो । 

जिल्ला पशु सेवा कार्यालय रोल्पामा अधिकृत एक, नायब पशु सेवा तथा नायब पशु स्वास्थ्य प्राविधिक छ गरी जम्मा सातजनाको पद रिक्त रहेको जिल्ला पशु सेवा कार्यालय रोल्पाका कार्यालय प्रमुख नन्दलाल चौधरीले जानकारी दिनुभयो । 

यसैगरी जिल्ला प्राविधिक कार्यालय रोल्पामा इन्जिनियर दुई, असिस्टेन्ट इन्जिनियर दुई र कम्प्युटर अप्रेटर गरी पाँचजनाको पद रिक्त रहेको छ । 

यसैगरी जिल्ला भू–संरक्षण कार्यालयमा भूसंरक्षक सहायक दुईजनाको पद रिक्त रहेको कार्यालय प्रमुख प्रदीपकुमार मिश्रले जानकारी दिनुभयो । 

यीबाहेक अन्य धेरै कार्यालयमा पनि दरबन्दीअनुसार पदपूर्ति हुन सकिरहेको छैन । सभामुख, उपराष्ट्रपति तथा उपप्रधानमन्त्रीको जिल्लाका कार्यालयमा यस्तो अवस्था छ भने अन्य जिल्लाको अवस्था कस्तो होला सेवाग्राहीको प्रश्न छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै