Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीको ईलम प्रशिक्षणले दिएको सिलाई तालिमको उप्लब्धी न्युन

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष/असोज १०, परासी । पश्चिमाञ्चल विकास क्षेत्रकै एकमात्र ईलम प्रशिक्षण केन्द्र नवलपरासीमा वि .सं २०७२ देखि हालसम्म २ सय ४० जना महिलाहरु सिलाई कटाईमा निशुल्क तालिम लिएका छन् ।

उक्त तालिमहरुमा विशेष गरि रामग्राम नगरपालिका नवलपरासीको आर्थिक सहयोग रहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग बाणिज्य संघ नवलपरावसीले पनि केही आर्थिक सहयोग गर्दै आएको छ ।

सो अवधिमा करिब साढे ६ लाखको लगानीमा खास गरी रामग्राम नगरपालिका भित्रका महिलाहरुलाई दिएको तालिममा तालिम प्राप्त महिलाहरु अहिले तालिमवाट सिकेका शिपलाई ब्यवहारमा परिवर्तन गर्न सकेका छैन्न ।

विशेष चासोका साथ तालिम दिने संस्था ईलम प्रशिक्षण केन्द्र नवलपरासीपनि तालिम दिसकेपछि परशिक्षार्थिहरुको अनुगमनको पाटो निकै कमजोड गरेको छ । तालिम दिसकेपछि महिलाहरुलाई स्वरोजगार बनाउने उद्धेष्यले सञ्चालन गरेको तालिमको उपलब्धी खासै देखिन सकेको छैन ।

खासगरि विपन्न बर्गका महिलाहरुलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको तालिमका तालिम प्राप्त परशिक्षाथिहरु धेरै जसो आर्थिक अभावका कारण सिलाई मेसिन किन्न नसकेर घरमा आराम गरि रहेको अवस्था छ भने केहि महिलाहरु मात्र तालिम पाएपछि अहिले सिलाई गरेपनि त्यो पेशालाई ब्यवसायिक बनाउन सकेका छैन्न ।

तालिम दिएपछि केन्द्रको अनुगमनको कमि  र तालिमपछि केहि आर्थिक अभावका कारण परशिक्षाथिहरुले सिकेको शिप ब्यवहारमा परिवर्तन नहुँदा उनिहरुको शिप दिनप्रति हराउदै गएको छ । तालिम प्राप्त धेरैजसो परशिक्षार्थिहरु अहिले सिप विर्सिसकेका छन् ।

परशिक्षार्थिहरु बारे जानकारी गराउदै ईलम परशिक्षण केन्द्र नवलपरासीका प्रमुख सुरेश पासवानले भने, “ वि.सं २०६४ सालमा स्थापना भएको यस ईलम परशिक्षण वाट तालिम लिएका केहीले मात्र ब्यवसायिक सिलाई कटाई गरेपनि , २०६८ साल यता तालिम प्राप्त परशिक्षार्थि ब्यवसायिक रुपमा लागेका छैन्न ।

त्यस्तै ईलम परशिक्षण केन्द्र नवलपरासीले एड्भान्स सिलाई कटाई , बेसिक कम्प्युटर कोर्स , कुसन बनाउने तालिम , ब्युटि पार्लर तालिम लगायतका विभिन्न निशुल्क र शशुल्क तालिम दिदै आएको छ ।