2026-07-24 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सीमामा खटिएका २०७ सशस्त्र प्रहरी कारबाहीमा, अवैध कारोबारमा संलग्नसम्मका अभियोग

जेठ १, विराटनगर | नेपाल-भारत सीमा सुरक्षाका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खटिएका २०७ जना सशस्त्र प्रहरीलाई कारबाहीस्वरूप बाहिनी तानिएको छ ।

सीमा सुरक्षा बेस क्याम्प र बोर्डर आउट पोष्टमा कार्यरत विभिन्न ‌ओहदाका उनीहरूले सन्तोषजनक काम नगरेको, आचरणमा नबसेको भन्दै कारबाही गरिएको हो । उनीहरूमाथि सीमा वारपार अवैध कारोबारमा संलग्न रहेको आशंकासमेत छ ।

बाहिनीमा तानिएकामध्ये ५ जना विभागीय कारबाहीमा परेका छन् । ११ जनालाई कारबाहीको प्रक्रिया थालिएको छ । बाँकी सुधारको तालिममा राखिएको छ ।

बीओपी वसन्तपुर सुनसरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाट, नकलबन्द झापामा कार्यरत नायब निरीक्षक ऋषीराम खत्री, आमगाक्षी झापाका पुरनलाल राजवंशी र प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारी झापाका डीएसपी सुमन शर्मा र इन्सपेक्टर वकिलबहादुर धानुक कारबाहीमा परेका छन् ।

धानुक स्याउ तस्करी प्रकरणमा दोषी देखिएका थिए । भन्सार छलेर चिनियाँ स्याउ भारत लैजाँदै गर्दा गाडीसहित दुई साताअघि बरामद गरिएको थियो । सो प्रकरणमा उनी दोषी देखिएका थिए ।

सीमा क्षेत्रमा चोरी तस्करीका घटना बढेसँगै लामो समयदेखि खटिएका ५ वटा बोर्डर युनिटलाई नै फिर्ता बोलाइएको छ ।

सशस्त्र प्रहरीका डीआईजी आश्विनी पोखरेलले प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टामा कार्यरत ७० जनाको टोली , प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका ७८ जनाको टोली फिर्ता बोलाइएको बताए ।

बीओपी दरैया मोरङका २१ जनाको टोली, वसन्तपुर सुनसरीमा कार्यरत २० जना र बीओपी अमडुवा सुनसरीका १८ जनालाई पनि तानिएको छ ।

कार्य सम्पादन सन्तोषजनक नभएका सातजनालाई तराईका बीओपीबाट पहाडी गुल्ममा पठाइएको छ । सीमा सुरक्षालाई मजबुद बनाउन पहाडी गुल्मबाट तराईका बीओपीमा ६० जना जनशक्ति थप गरिएको डीआईजी पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक