2026-07-24 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्पले डसेको बिरामीलाई प्रार्थना गर्न लगाएपछि….

जेठ ४, काठमाडौँ |  सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्‍याउनुको साटो प्रार्थना गर्न लगाउने महिला पक्राउ परेकी छन्। 

बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी हुन्। घर्ती सच्चाइ धर्मको ‘धर्म गुरू’ रहेको प्रहरीले जानकारी दिएको छ। 

बुधबार राति १ बजेतिर सुतिरहेको  समयमा बासगढी – ३ महादेवाकी १६ वर्षीया ओमकुमारी डाँगीलाई करेत सर्पले हातमा डसेको थियो। किशोरीका घर परिवारले ‘धर्म गुरू’ घर्तीलाई सर्पले डसेकोबारे बताएका थिए। 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार ‘धर्म गुरू’ घर्तीले सर्पले डसेको कुरालाई सामान्य भन्दै अस्पताल लैजानु नपर्ने भन्दै प्रार्थना गरे ठिक हुने दाबीसहित त्यसै गर्न लगाएकी थिइन्।  

सर्पले डसेकी घाइतेलाई प्रार्थना गर्न लगाएको कुरा आसपासका अन्य छिमेकीहरूले थाहा पाएपछि उनीहरूले तत्कालै अस्पताल लैजान सल्लाह दिएका थिए। त्यसपछि मात्रै परिवारले डाँगीलाई भेरी अस्पताल नेपालगंज बाँके पुर्‍याएका थिए।

आज बिहान पौने ९ बजेतिर अस्पताल पुर्‍याउना साथ डाँगीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। डाँगीको मृत्युपछि ‘धर्म गुरू’ घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

सर्पले डसेकी बिरामीलाई सामान्य घटना भन्दै अस्पताल लैजान नदिई प्रार्थना गर्न लगाउने घर्तीलाई थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालबाट म्याद थप भइसकेको डिएसपी बोहोराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक