2026-07-24 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिड थेग्नै नसक्ने भएपछि भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीले गरायो बन्द

जेठ ५, काठमाडौँ | केही समयदेखि सामाजिक सञ्जालमा भाइरल रहेको ‘सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा रहेको कार्यालय आजबाट बन्द गरिएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । ‘असाध्यै भिड भएकाले हामीले शान्ति-सुरक्षाका कारण तत्कालका लागि बन्द गर्न निर्देशन दिएका हौँ,’ डीएसपी कुँवरले भने ।

सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सारेका थिए । त्यसअघि उनको कार्यालय कोटेश्वरमा रहेको थियो ।

‘उहाँले कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत निकालेर काम गरिरहनु भएको रहेछ । कसैबाट उजुरी परेर बन्द गरेको होइन । जिल्ला प्रशासनसँग समन्वय गरेर काम गर्नुस् भनेका छौं’, डीएसपी कुँवरले भने ।

बोल्न नसक्ने र हिँड्न नसक्ने व्यक्तिलाई छोएर मात्र होइन, हेरेको भरमा पनि निको पाल्न सक्ने दाबी केसीले गर्दै आएका छन् । भिडियो कलमा हेरेर समेत बिरामी निको पार्ने भनेपछि सामाजिक सञ्जालमा उनको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिले मानिसहरुलाई अन्धविश्वासमा राखेर ठगी धन्दा चलाएको भन्दै आलोचना पनि गरेका छन् । तर, पनि उनीकहाँ आउनेहरुको भिड घट्नुको साटो झन् झन् बढरहेको छ।

टिकटकबाट व्यापक प्रचार गरेपछि केसीको शिविरमा मानिसहरु झुम्मिन थालेका हुन् । उनले विगत ८ महिनादेखि आफू यसमा केन्द्रीत भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक