असोज ११, उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन । 
2026-07-05 08:06 AM
उदयपुर - UDP

एक हप्तादेखि बन्द सिद्धिचरण लोकमार्ग अझै खुलेन

2016-09-27

असोज ११, उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको हर्देनी–२ स्थित ठाँटीमा निरन्तर पहिरो झरेर अवरुद्ध बनेको सडकखण्ड अझैसम्म पनि खुल्न सकेको छैन । 

एक हप्तादेखि उक्त सडकखण्ड खुल्न नसक्दा मालबाहक सामान समेत ढुवानीमा अवरुद्ध हुँदा उदयपुरको घुर्मी, ओखलढुङ्गाको हर्कपुर र खोटाङलगायतका स्थानमा उपभोग्य वस्तुको अभाव हुन थालेको सम्बन्धित क्षेत्रका जनताले बताएका छन् । 

पेट्रोल, डिजेल तथा अन्य उपभोग्य वस्तुको अभाव हुँदा उदयपुरको घुर्मी बजारलगायत हर्कपुर क्षेत्रमा समस्या हुन थालेको घुर्मीका सरेन्द्र खड्काले बताउनुभयो । 

सिद्धिचरण लोकमार्ग खुल्न नसकेपछि अहिले घुर्मी, हर्कपुरलगायत खोटाङको हलेसी क्षेत्रमा व्यापारीले व्यापकरुपमा वस्तुको अभाव देखाएर कालोबजारी गर्न थालेको हलेसी च्यास्मिटार–३ का दीपेन्द्र चामलिङले बताउनुभयो । 

खानेतेल, पेट्रोल, डिजेललगायतका उपभोग्य वस्तुको मूल्य व्यापारीले दोब्बरले वृद्धि गरेको समेत चामलिङको भनाइ रहेको छ । यता लोकमार्ग अवरुद्ध हुँदा दसैँमा टाढा–टाढाबाट सिद्धिचरण लोकमार्ग हुँदै पहाडी क्षेत्रको ओखलढुङ्गा, सोलु र खोटाङ हिँडेका यात्रु बाटैमा बिचल्लीमा परेको घुर्मीका यातायात व्यवसायी कुमार लुङ्गेलीले बताउनुभयो । 

केही यात्रु भने दुईचार दिनसम्म पनि सडक नखुलेपछि पैदल हिँडेर नै कठिन यात्रा गर्दै पहाडी क्षेत्र लाग्न थालेको समेत यातायात व्यवसायीले बताएका छन् । यता सिद्धिचरण लोकमार्ग खुलाउन सडक डिभिजन कार्यालय लहान, इलाका प्रहरी कार्यालय कटारीसहितका स्थानीय समेत लागेर दैनिक प्रयास गरेको भए तापनि पहिरो झर्ने क्रम जारी रहेकाले गर्दा काम गर्न बाधा परिरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । 

केही सञ्चारमाध्यमले सिद्धिचरण लोकमार्ग खुल्यो भनेर समाचार आएको कुरा समेत सत्य नभएको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक मदन गिरीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै