2026-07-05 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

जलवायु परिवर्तनले सेताम्मे हिमाल काला पहाड बन्ने खतरा

असोज ११, कमल खत्री, म्याग्दी । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा क्रमिक रुपमा देखिन थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको मुदी गाविसमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । 

आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय गर्मीयाममा भने हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको मुदीका पर्यटन व्यवसायी हरि तिलिजाले बताउनुभयो । 

“पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा हिउँले पुरिने भाग गर्मीयाममा नाङ्गिएको देखिन्छ”, तिलिजाले भन्नुभयोे । 

धौलागिरि आधार शिविरभन्दा एक दिन नजिकको पैदल दूरीमा रहेको इटाली आधार शिविरमा विगत २६ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका तिलिजाले अस्वाभाविक रुपमा तामक्रम बढ्ने भएका कारण हिउँ पग्लिने क्रम बढेको अनुभव सुनाउनुभयो । स्थानीयवासीका अनुसार पछिल्लो समय जाडो समयमा समेत पर्याप्त हिउँ नपर्ने समस्या देखिएको छ । 

पहिले पुस महिनामा भारी हिमपात हुने भएपनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुने खतरा बढेको धौलागिरि आधार शिविर जाने पदमार्गअन्तर्गत दोबानमा होटल व्यवसाय गर्दै आउनुभएका मुदीका बासिन्दा बोमबहादुर पुनले बताउनुभयो । 

धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि नै सुरु हुने वर्षांैदेखि हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतहसमेत घट्दै गएको पाइएको छ । विगत ६/७ वर्षकै अवधिमा त्यस क्षेत्रमा हिउँ जमेर बनेको हिमताल अत्यधिक पग्लिएर बग्ने क्रमले करिब पाँच मिटरभन्दा बढी जमिनको सतह तल झरेको पाइएको मुदीका पर्यटन व्यवसायी तिलिजाले जानकारी दिनुभयो । 

तिलिजाका अनुसार पहिले जापानी शिविरदेखि केही तलको भू–भागमा पनि प्रशस्त मात्रामा वर्षौंदेखि हिउँ जमेर बनेको हिमताल रहे पनि अहिले ती सबै पग्लिसकेका छन् । 

“पहिले यस क्षेत्रका यी सबै डाँडाकाँडा बाह्रैमास सेताम्मे हुन्थ्यो,” धौलागिरि आधार शिविर नजिकैबाट काला पहाडलाई देखाउँदै तिलिजाले भन्नुभयो, “अहिले त चैत महिना सुरु हुनासाथ पुस–माघ महिनामा थुप्रिएको हिउँ पग्लिएर सकिन्छ । हिमालकै तल्लो भागसमेत हिउँले ढाकिन्न ।” 

धौलागिरि मात्रै होइन जिल्लाको गुर्जामा रहेको गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा समेत कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिएर बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेको गुर्जाका स्थानीयवासी झकबहादुर छन्त्यालले बताउनुभयो । हिमालमा हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको छन्त्यालको भनाइ छ । 

“अहिले बर्सेनि हिउँ पर्ने क्रम घट्दै गएको छ, पहिले जाडो याममा छ÷सात फिटसम्म हिउँ पथ्र्यो, पुसमा परेको हिउँ पग्लिन हप्तौँ लाग्थ्यो, अहिले मुस्किलले दुई÷तीन फिटसम्म मात्रै हिउँ पर्छ, त्यो पनि एकै दिनमा पग्लिएर बग्छ,” छन्त्यालले भन्नुभयो । हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको छन्त्यालले बताउनुभयो । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको छ । 

पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् । जलवायु परिवर्तनले पछिल्लो समय हिमाली क्षेत्रमा ठूलै समस्या देखाएको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

हालै जिल्ला विकास समितिको सहयोग र धौलागिरि पर्यटन परिषद्को संयोजनमा जिल्लाका सरोकारवालाद्वारा मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरसम्म गरिएको स्थलगत अध्ययन भम्रणका बेला जलवायु परिवर्तनको असरबारे अध्ययन गर्ने काम भएको थियो । विशेषगरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमपहिरो बढी जाने, हिमस्खलन बढ्ने, हिमाली क्षेत्रमा पाइने जीवजन्तु सङ्कटमा पर्नेजस्ता समस्या बढेको पाइएको परिषद्का अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै