2026-07-25 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घट्यो सार्वजनिक यातायातको भाडा, काठमाडौंमा अब गाडी चढ्ने बित्तिकै १७ रुपैयाँ तिर्नुपर्ने

जेठ ११, काठमाडौँ | वाग्मती प्रदेशले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ। डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो। नेपाल आयल निगमले डिजेलको भाउ लिटरमै १० रुपैयाँ घटाएर प्रति लिटर १५५ रुपैयाँ कायम गरेसँगै भाडादर समायोजन गरिएको हो।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा ५.९० प्रतिशत घटाइएको छ। उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घटाइएको छ।

वाग्मती प्रदेशमा अहिले ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँ छ। १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमीसम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडादर तोकिएको छ।

मूल्य समायोजनासँगै अब काठमाडौं उपत्यकामा ५ किमीसम्म यात्रा गर्ने यात्रुले १७ रुपैयाँ तिरे पुग्छ। जस अनुसार अब उपत्यकामा अब सार्वजनिक यातायात चढ्ने बित्तिकै १७ रुपैयाँ पर्ने भएको छ। यसअघि चढ्ने बित्तिकै २० रुपैयाँ भाडा तिर्न पर्थ्यो।

संघीय सरकारले भने यसअघि नै भाडादर समायोजन गरिसकेको छ। संघले सार्वजनिक सवारीसाधनको ३.२० प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटाएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक