Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ११ गते, दिउँसो १:३९ बजे
पर्बत - PBT

जर्मनी नागरिकले गरे जननेत्र उमाविको पाँच कोठे भवनको उद्घाटन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका भूतपुर्ब बिद्यार्थी दीपेन्द्र चापागाईको पहलमा जर्मन नागरिक जर्नोट काराको सहयोगमा सो भवन निर्माण गरिएको हो ।

बिद्यालयमा आज आयोजित कार्यक्रममा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि जर्मनी नागरिक जर्नोट काराले छोटो समयमा नै भवन निर्माण कार्य सम्पन्न भई नया भवनमा बिद्यार्थीहरु अध्ययन गरिरहेको देख्न पाऊँदा आफूलाई निकै खुशी लागेको बताउनु भयो । बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका साथै सूचना प्रबिधिको क्षेत्रमा सहयोग गर्न आफू सदैब तयार रहेको उहाँको भनाई थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि कारा, उहाँका सहयोगीहरु, बिद्यालय लाई सहयोग गर्ने चन्दादाताहरु, निर्माण समितिका सदस्यहरुलाई बिद्यालयले भब्य स्वागत र सम्मान गरेको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निर्माण समितिका संयोजक अमृत प्रसाद चापागाई, सदस्य लिलानाथ शर्मा, बिब्यस सदस्य भुमिराज तिमिल्सिना, प्रअ दिपक शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

गत बर्ष बैशाख १२ गते आएको बिनाशकारी महाभुकम्पले बिद्यालयका भबनहरु पूर्ण रुपले क्षति ग्रस्त भएपछि भूतपूर्ब बिद्यार्थीहरु, शिक्षक, अभिभाबक र बिभिन्न संघ संस्थाहरुको पहलमा बिद्यालयमा पुन निर्माणको कार्य एक बर्ष भित्र सम्पन्न भएको बिद्यालयले जनाएको छ ।