पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १२, पाल्पा ।</b> मौलादेवी निम्नमाध्यमिक विद्यालय, मित्याल–६ पाल्पामा रु एक लाखको झोला छात्रवृत्ति अक्षयकोष स्थापना भएको छ । <br></p><p>जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले सो अक्षयकोष स्थापना गर्नुभएको हो । जिल्लाको दुर्गम, पहाडी क्षेत्रमा रहेको यस विद्यालयमा विद्यार्थीलाई प्राविधिक शिक्षा सञ्चालनका लागि ओकेबाजेले कम्प्युटर खरिदका लागि रु २० हजार सहयोग गर्नुभएको छ । </p><p>बाक्लो मगर बस्ती रहेको यस क्षेत्रका विद्यार्थीलाई पठनपाठनमा प्राविधिक सेवा दिने उद्देश्यले कम्प्युटर खरिदका लागि आर्थिक रकम सहयोग गरेको ओकेबाजेले बताउनुभयो । रासस </p>

