२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा वैकल्पिक विद्यालय सञ्चालनमा समस्या

२०७३, १२ आश्विन बुधबार ०६:४३

असोज १२, म्याग्दी । प्रौढलाई औपचारिक शिक्षा प्रदान गर्न बेनीमा स्थापित वैकल्पिक विद्यालय सञ्चालनमा समस्या भएको छ । 

पारिवारिक, सामाजिक र आर्थिक लगायतका कारणले आधारभूत तहको औपचारिक शिक्षा हासिल गर्न नसकेकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले २०७३ साल वैशाखमा उज्यालो वैकल्पिक विद्यालय स्थापना भएको थियो । 

दिगो आर्थिक स्रोतको अभावमा विद्यालयका शिक्षकलाई तलब खुवाउन र प्रशासनिक गतिविधि सञ्चालनमा समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो । 

चारजना शिक्षक कार्यरत विद्यालय सञ्चालन गर्न मासिक ५० हजार रुपैयाँ आवश्यक पर्छ । बेनी सामुदायिक माविअन्तर्गतको वैकल्पिक विद्यालय सञ्चालन गर्न म्याग्दी सामुदायिक पुस्तकालयलाई मासिक पाँच हजार रुपैयाँ भाडा तिरेर कोठा भाडामा लिइएको छ । 

दैनिक पाँच घन्टा पठनपाठन हुने सो विद्यालयमा ६१ जना विद्यार्थी छन् । धेरैजसो विद्यार्थी ४० वर्षभन्दा बढी उमेरका महिला छन् । उमेर छँदा लेखपढ गर्न नपाएका वैकल्पिक विद्यालयमा भर्ना भएर लेखपढ गर्न सिक्ने अवसर पाएका छन् । 

निरक्षर र बीचैमा पढाइ छाडेकालाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन विद्यालय सहयोगी बनेको छ । शिक्षा मन्त्रालयले निर्धारण गरेको पाठ्यक्रम पढाइ हुने वैकल्पिक विद्यालयका विद्यार्थीले एसएलसी तहसम्मको अध्ययन गर्न पाउने व्यवस्था रहेको छ । 

विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले चन्दा सङ्कलन अभियान सुरु गरेको अध्यक्ष केसीले बताउनुभयो । बेनीमा मङ्गलबार पत्रकारसम्मेलन गरेर व्यवस्थापन समितिले चन्दा सङ्कलन अभियानको घोषणा गरेको हो । 

हालसम्म विभिन्न सङ्घसंस्था र व्यक्तिबाट चार लाख ११ हजार ६६७ रुपैयाँ सहयोग घोषणा भएको छ । वी विल राइज संस्थाले रु एक लाख नगद र एक लाखको अक्षयकोष स्थापना गरेको छ । चन्दाबाट सङ्कलित रकम कोषमा राखेर त्यसको ब्याजबाट विद्यालय सञ्चालन गर्ने लक्ष्य राखिएको छ । 

म्याग्दी सामुदायिक पुस्तकालयमा पाँच हजार रुपैयाँ भाडा तिरेर पठनपाठन सञ्चालन गरिएको छ । जिल्ला शिक्षा कार्यालयले प्रौढ विद्यालयलाई वार्षिक एक लाख ९३ हजार रुपैयाँ सहयोग गर्ने व्यवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार