असोज १२ पर्वत ।  प्रष्ट र पारदर्शीता लेखा आजको आवश्यकता भन्ने नाराका साथ कुश्मामा संचालन भएको एक हप्ते सहभागीतात्मक लेखापालन तालिम सम्पन्न भएको छ । तालिमबाट सहकारीमा हुने लेखापालन सम्बन्धी आधारभूत ज्ञान र शिप हासिल भएको र सोबाट संस्थालाई संचालन गर्नको लागि थप टेवा पुगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२ पर्वत ।  प्रष्ट र पारदर्शीता लेखा आजको आवश्यकता भन्ने नाराका साथ कुश्मामा संचालन भएको एक हप्ते सहभागीतात्मक लेखापालन तालिम सम्पन्न भएको छ । तालिमबाट सहकारीमा हुने लेखापालन सम्बन्धी आधारभूत ज्ञान र शिप हासिल भएको र सोबाट संस्थालाई संचालन गर्नको लागि थप टेवा पुगे"/>
2026-09-19 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एक हप्ते तालिम सम्पन्न

असोज १२ पर्वत ।  प्रष्ट र पारदर्शीता लेखा आजको आवश्यकता भन्ने नाराका साथ कुश्मामा संचालन भएको एक हप्ते सहभागीतात्मक लेखापालन तालिम सम्पन्न भएको छ । तालिमबाट सहकारीमा हुने लेखापालन सम्बन्धी आधारभूत ज्ञान र शिप हासिल भएको र सोबाट संस्थालाई संचालन गर्नको लागि थप टेवा पुगेको सहभागीले बताएका छन् ।

डिभिजन सहकारी कार्यालय बाग्लुङका सहकारी निरिक्षक होमनाथ ढकालले  जिल्लामा रहेको सहकारी संघ निद्रामा रहेको बताएका छन् । सहकारीको हक हितका लागि गठन भएको सहकारी संघ निदाएता पनि आफुहरुले बेलाबेलामा झकझकाइरहेको उनले बताए । कुश्मा बजारमा रहेको विभिन्न सहकारीबाट २५ जना लेखापालको सहभागीता रहेको कार्यक्रममा सहभागी सन्तोष पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तालिममा लेखापालन सम्बन्धी आधारभूत शिप तथा तालिम प्रदान गरिएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ पर्वतको समन्वयमा भएको उक्त कार्यक्रममा प्रकाश पौडेल, मन्जु पौडेलले तालिम फलदायी भएको बताए ।


 जिल्लामा सहकारीको संख्या बढ्दो मात्रमा भएता पनि सहकारीको व्यवस्थापन र लेखामा पारदर्शीता नभएकाले कतिपय सहकारी कारवाहीमा परेका छन् । जिल्लामा संचालन भएका अधिकांश सहकारीले सरकारी ऐनले तोकेको भन्दा महङ्गो व्याजदार लिइरहेका छन् । जसले गर्दा नागरिक प्रत्यक्षमा मारमा परिरहेका छन् । सहकारीमा सस्तो व्याजदरमा ऋण पाइने भनिएता पनि सो अनुसारको सेवा पाउन नसकेको सेवा ग्राहीको गुनासो  छ । सहकारीहरु अहिले १७ प्रतिशत भन्दा माथि व्याज लिदै आइरहेका छन् । तर सरोकारवाला निकायहरु सहकारीले गरेको दिन दुइ र रात चार गुणाको धन्दा रोक्नको लागि पहल गर्न सकेका छैनन् । पर्वत जिल्लामा ३ सय ३१ वटा सहकारी दर्तामामा रहेका छन् जसमध्ये २० भन्दा बढि कारवाहीमा परिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो