२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दशैं–तिहारका लागि खाद्यान्न माग

२०७३, १२ आश्विन बुधबार ०६:५५

हुम्ला, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले हिन्दूको चाडपर्वका लागि खाद्यान्न नभएकाले आपूर्तिमन्त्रीलाई दशैं–तिहारमा सर्वसाधारण जनता, कर्मचारी, व्यापारीलाई खाद्यान्न बिक्री–वितरण गर्नका लागि कोटाको चामल माग गर्ने निर्णय गरेको छ । 

हवाईजहाजबाट आउने खाद्यान्न हप्तामा चार फ्लाइट मात्र आएपछि नेपालगन्ज तथा सुर्खेत विमानस्थलमा नै थन्किएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नैनसिंह रावतले दसँैका लागि आपूर्तिमन्त्रीसँग अनुरोध गरिसकेको जानकारी गराउनुभयो भने उक्त खाद्यान्न तत्काल तीन हजार क्विन्टल चामल आएपछि दसँै–तिहार मनाउन सजिलो हुने प्रस्ट पार्नु भयो । यस वर्ष असारदेखि कुनै पनि कर्मचारी, व्यापारी, जनताले खाद्यान्नसमेत नपाउँदा बजारमा २५ केजीको रु चार हजार तिर्न बाध्य भएका स्थानीय बासिन्दा बताउँछन् । 

दसँै–तिहारका लागि प्रजिअ डा कृष्णबहादुर घिमिरेले अञ्चल, क्षेत्र, विभाग, मन्त्रालयमा दसँै–तिहारका लागि सर्वसाधारण जनतालाई खाद्यान्न बिक्री–वितरणका लागि पत्राचार गरी सकिएको बताउँदै गत वर्ष पनि दसँै–तिहारमा सबैलाई पाँचदेखि १० केजीसम्म वितरण भएको जानकारी दिनुभयो । 

दिसामुक्त क्षेत्र घोषणा गर्न गाविस अगाडि बढे 

यसैबीच, हुम्ला जिल्लामा सन् २०१७ सम्म नेपाल सरकारले अधिराज्यभरि दिसामुक्त क्षेत्र घोषणा गर्ने भएपछि हुम्ला जिल्लामा पनि खानेपानी तथा घरघरमा चर्पीयुक्त घरका लागि राष्ट्रिय लक्ष्य अनुसार २३ वटा गाविसले खुला दिसामुक्त घोषणा गरेका छन् । तत्काल गोठी गाविसमा घरधुरी २३४ र रोडीकोट गाविसमा २३३ घरधुरीले चर्पी निर्माण कार्य सम्पन्न गरिसकेका छन् । 

ठेहे गाविसमा असोज १५ गते दिसामुक्त क्षेत्र घोषणा गर्न सात सदस्यीय टोली— राजनीतिक दलका तीन, पत्रकार सातजनाको अनुगमन तथा निरीक्षणका क्रममा आज जाने भएको छ । 

मुचु, डाँडाफया र श्रीनगर गाविसमा छिटोभन्दा छिटो खुला दिसामुक्त क्षेत्र बनाउनमा सबैको सहकार्य, सहमति भएमा उक्त गाविसमा मङ्सिरभित्र सम्पन्न हुने खानेपानी तथा सरसफाइ डिभिजनका कार्यालय प्रमुख ज्वालाराज शाहीले जानकारी गराउँदै हुम्ला जिल्लामा पनि पर्यटकीय हिसाबले सरसफाइ अभियानमा पनि जोड दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार