सोज १२, झापा । यस वर्षको अम्बिका प्रतिष्ठान झापाले प्रदान गर्ने ‘आमा सम्मान’ गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई दिइने भएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सोज १२, झापा । यस वर्षको अम्बिका प्रतिष्ठान झापाले प्रदान गर्ने ‘आमा सम्मान’ गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई दिइने भएको छ । 
<"/>

2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

आमा सम्मान किरण तिम्सिनालाई


सोज १२, झापा । यस वर्षको अम्बिका प्रतिष्ठान झापाले प्रदान गर्ने ‘आमा सम्मान’ गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई दिइने भएको छ । 

साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी तथा कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित उक्त पुरस्कार सामाजिक सेवाको क्षेत्रमा ३ दशकभन्दा लामो समयदेखि सक्रिय तिम्सिनालाई प्रदान गरिने भएको हो । 

पुरस्कार हरेक वर्ष दशैंको अष्टमीमा प्रदान गरिन्छ । ११ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराई र सचिव केशव मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘श्रीमानको असामयिक निधनपछि नाबालक तीन छोरीहरु र एक छोराको पठनपाठन र लालनपालनको जिम्मेवारीसँगै सामाजिक रुपले प्रतिष्ठित तथा आर्थिक सबल हुने मार्गमा अभिबृद्धि गर्न सफल हुनुभएकाले उहाँलाई सम्मान गर्ने निर्णय गरिएको हो ।’ 

ताप्लेजुङको फुङलिङ–३ निबासी आमा जानुका र बुवा शेषराज पौडेलकी जेठी सुपुत्री किरणको जन्म विक्रम् सम्बत् २०१४ सालमा भएको हो । उनको विवाह वि.सं. २०३२ सालमा पाँचथर थर्पु–३ का गणेश तिम्सिनासँग भयो । विवाह भएकै वर्षमा श्रीमान गणेश तिम्सिनाका साथ झापा भएकी किरणले वि.सं. २०४१ सालमा पतिवियोग सहनु प¥यो । 

‘छोरीहरु र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले आजसम्म आइपुग्दा सामाजिक र व्यावहारिक रुपमा आफ्ना सन्तानलाई परिपक्क पार्न सफल भएकाले र आफ्नो छुट्टै सामाजिक पहिचान स्थापित गर्न सफल हुनुभएकीले करण तिम्सिनालाई आमा सम्मान प्रदान गरिने भएको हो’ – विज्ञप्तीमा उल्लेख छ । 

आगामी ०७० असोज २३ गते आइतबार अष्टमीका दिन शनिश्चरे बजारस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिने छ । अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित आमा सम्मान पाँच वर्षदेखि प्रदान गरिन्छ । 

यसअघि उक्त सम्मानबाट २०६७ मा गरामनीकै रेनुका रसाइली, २०६९ मा अर्जुनधारा–२ निवासी पार्वतीदेवी सुबेदी, २०७० सालमा अनारमनीकी विष्णुमाया गौतम, २०७१ मा विर्तामोड–२, चारपानेकी शशिकला राय र २०७२ मा भद्रपुर–६ की चित्रकला कोइराला सम्मानित भइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई